२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

बसाइँ सराईको समस्यालाई व्यवस्थित गर्न तीनै तहका सरकार लाग्नुपर्छ : मन्त्री बस्नेत


सञ्चार डबली
  • मंगलबार, मंसिर १२ २०८०
  • 9.5K
    SHARES

  • images
    बसाइँ सराईको समस्यालाई व्यवस्थित गर्न तीनै तहका सरकार लाग्नुपर्छ : मन्त्री बस्नेत

    काठमाडौं । नेपालमा भइरहेको बसाइँ सराईको समस्यालाई व्यवस्थित गर्न तीनै तहका सरकारले सामूहिक प्रयास गर्नुपर्ने स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले बताएका छन् । यसो नगरे थप जटिल बन्दै जाने उनले भनाई छ ।

    आज जनसंख्या र आप्रवासन व्यवस्थापन सुदृढ गर्न काठमाडौंमा आयोजित राष्ट्रिय संवाद कार्यक्रममा उनले पन्ध्रौं योजना र राष्ट्रिय जनसंख्या नीति २०७२ मा बसाइँ सराईलाई यथोचित रुपमा सम्बोधन गर्ने भनिए पनि समस्याको समाधान गर्न नसकिएको भन्दै उनले तीनै तहका सरकारले समस्या समाधान गर्न पहल गर्न आवश्यक भएको उल्लेख गरेका छन् ।

    मन्त्री बस्नेतले भने , ‘बसाइँ सराईमा देखिएका समस्या र चुनौतीलाई सामूहिक रुपमा समाधान नगर्ने हो भने समस्या थप जटिल हुने देखिन्छ । पन्ध्रौं योजना र राष्ट्रिय जनसंख्या नीति २०७२ मा बसाइँ सराईलाई सम्बोधन गर्ने प्रयास गरिए पनि समस्याको प्रभावकारी समाधान गर्न सकिएको छैन । संघीय, प्रादेशिक र स्थानीय गरी तिनै तहका सरकारहरु सजग हुन आवश्यक छ ।’‘बसाइँ सराई बहुसरोकारयुक्त मुद्दा हो । कुनै एउटा निकायको सक्रियताबाट मात्र यो समस्या समाधान गर्न सम्भव छैन । यसमा सबैको साथ र बुझाई आवश्यक छ’ उनले भने ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend