२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

कोशी प्रदेश बजेट प्रतिस्थापन विधेयकमा सांसदहरुको असन्तुष्टि


सञ्चार डबली
  • मंगलबार, मंसिर १२ २०८०
  • 8.1K
    SHARES

  • images
    कोशी प्रदेश बजेट प्रतिस्थापन विधेयकमा सांसदहरुको असन्तुष्टि

     

    काठमाडौं । कोशी प्रदेश सभामा प्रस्तुत बजेट प्रतिस्थापन विधेयकप्रति सांसदहरुले असन्तुष्टि जनाएका छन् । प्रदेश सभा बैठकमा भएको छलफलमा बोल्ने क्रमम उनीहरुले असन्तुष्टि जनाएका हुन् ।अघिल्लो सरकारले अध्यादेशबाट ल्याएको बजेट प्रतिस्थापन गर्न ल्याइएको विधेयकप्रति एमाले र सत्तारुढ दलका सांसदहरुले असन्तुष्टि पोखेका हुन् ।

    प्रदेशसभाको सोमबारको बैठकका सहभागी सांसदले उक्त विधेयकको छलफलमा सहभागी भएका थिए । आज मंगलबार पनि यसबारे छलफल जारी रहने भएको छ ।आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी समेत रहेका मुख्यमन्त्री केदार कार्कीले प्रदेशसभामा अध्यादेशबाट आएको विनियोजन विधेयकलाई प्रतिस्थापन गर्ने विनियोजन ऐन २०८० गत शनिबार प्रदेशसभामा पेस गरेका थिए ।

    छलफलमा सहभागी सांसदहरुले नयाँ योजना छनौट र अध्यादेशमा राखिएका योजना कटौतीबारे आपत्ति जनाएका छन् ।अघिल्लो सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भदौ २३ गते जारी गरेको अध्यादेश बजेटमा ५० करोड रुपैयाँ थप गर्दै मुख्यमन्त्री कार्कीले प्रतिस्थापन विधेयक ल्याएका हुन् ।

    उनले ल्याएको विधेयकमा पहिलेका कार्यक्रमहरु कटौती गरेको भन्दै सांसदहरु असन्तुष्ट बनेका हुन् ।नेकपा एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले बजेटमाथि एमाले संसदीय दलले गम्भीर असहमति जाहेर गरेको जानकारी दिए । कार्यक्रम पुस्तिकामा राखिएका कार्यक्रम र योजना हटाइएकामा उनले आफूहरुको असन्तुष्टि रहेको बताए ।

    एमाले सांसद सिर्जना राईले बजेट हचुवाका भरमा ल्याइएको टिप्पणी गरिन् । यस्तै, सांसद कमला दर्नालले आफूहरुले पेश गरेका योजना काटिएको भन्दै आपत्ति जनाइन् । सत्तापक्षकी सांसद खिनु लङ्वा लिम्बूले विनियोजन ऐन २०८० मा उद्देश्य नभएको, प्राथमिकीकरण नगरेको टुक्राटुक्री योजना मात्रै आएको भन्दै असन्तुष्टि जनाइन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend