२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

व्यवस्थाको विरोध गर्दै राजसंस्थाको नारा लगाउनु वाहियात हो : अध्यक्ष नेपाल


सञ्चार डबली
  • मंगलबार, मंसिर १२ २०८०
  • 9.0K
    SHARES

  • images
    व्यवस्थाको विरोध गर्दै राजसंस्थाको नारा लगाउनु वाहियात हो : अध्यक्ष नेपाल


    काठमाडौं । राष्ट्रपतिलाई दोष दिएर राजा ल्याउन खोज्ने चेष्टा नगर्न नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले चेतावनी दिएका छन् । आज वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलन बोल्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् । उनले सरकारले गलत काम गरे सरकारका विरुद्ध उभिनुपर्नेमा व्यवस्थाको विरुद्ध उभिने काम भएको बताएका छन् ।

    अध्यक्ष नेपालले भने, सरकारले गलत काम गरेको छ भने सरकारका विरुद्धमा उभिनुपर्‍यो, तर व्यवस्थाको विरोध गर्दै राजसंस्थाको नारा लगाउनु वाहियात हो। देशमा आर्थिक समस्या रहेको स्वीकार गर्दै नेता नेपालले अर्थतन्त्र जुन गतिको साथ अगाडि बढ्नुपर्ने हो त्यो अनुसार बढ्न नसकेको जिकिर गरे । अर्थतन्त्र ठिकठाक छ भन्ने र श्रीलंकानै बन्न लाग्यो भन्ने दुवै कुराहरू गलत भएको नेपालको भनाइ थियो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend