२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

गौशालामा दुर्गा प्रसाईं समूहको प्रदर्शन, प्रहरीले गर्‍यो अश्रुग्यास प्रहार


सञ्चार डबली
  • सोमबार, मंसिर ११ २०८०
  • 9.6K
    SHARES

  • images
    गौशालामा दुर्गा प्रसाईं समूहको प्रदर्शन, प्रहरीले गर्‍यो अश्रुग्यास प्रहार


    काठमाडौं । गौशालामा दुर्गा प्रसाई नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउँ महाअभियान’मा सहभागी प्रदर्शनकारी र प्रहरीबिच झडप भएको छ । विभिन्न धार्मिक संगठनका व्यक्तिहरु समेतको उपस्थितिमा भएको आन्दोलनमा प्रदर्शनकारीले तोडफोड र ढुंगा समेत हानेका छन् ।

    प्रसाईंले ७ मंसिरदेखि राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानको नाममा व्यवस्था विरोधी प्रदर्शन गरिरहेका छन् ।प्रसाईंले ७ मंसिरमा बल्खुमा शक्ति प्रदर्शन गरेका थिए । त्यसक्रममा उनले धार्मिक अतिवादी समूहहरुलाई समेत बोलाएका थिए । ७ मंसिरमै नेकपा एमालेको भातृ संगठन युवा संघले पनि प्रदर्शन गरेको थियो ।

    प्रदर्शनस्थलमा विवादस्पद धर्मगुरु आचार्य श्रीनिवास पनि पुगेका छन् । प्रहरीले श्रीनिवास सहित १० जनालाई नियन्त्रणमा लिइएको एसएसपी खत्रीले जानकारी दिए । श्रीनिवास त्रिशुल लिएर सड्कमा निस्केको र अराज अभिव्यक्ति दिएको आरोप छ । गौशालामा ४ सेल अश्रुग्यास प्रहार गरिएको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend