२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

क्यानाडाको नेपाली राजदूतमा पौड्यालको नाम सर्वसम्मत् अनुमोदन


सञ्चार डबली
  • आइतबार, मंसिर १० २०८०
  • 9.5K
    SHARES

  • images
    क्यानाडाको नेपाली राजदूतमा पौड्यालको नाम सर्वसम्मत् अनुमोदन

    काठमाडौं । संसदीय सुनुवाइ समितिले क्यानाडाका लागि नेपाली राजदूतमा सिफारिस गरिएका भरतराज पौड्यालको नाम अनुमोदन गर्ने निर्णय गरेको छ ।आइतबार बसेको समितिको बैठकमा पौड्यालसँग सुनुवाइपछि नाम सर्वसम्मत रुपमा अनुमोदन गर्ने निर्णय भएको समिति सदस्य जानेन्द्रबहादुर कार्कीले जानकारी दिएका हुन् ।

    उनले भने, ‘भरतराज पौडेलको सम्बन्धमा संसदीय सुनुवाइ समितिको संयुक्त बैठक तथा कार्य सञ्चालन नियमावली २०८० तथा समितिको कार्यविधि २०८० बमोजिम गर्दा प्रस्तावित व्यक्तिको क्षमता योग्यता र अनुभव समेतको आधारमा बैठकले क्यानाडाका लागि आवासीय राजदुत एवम् क्यूवा, जमैका डोमिनिकन रिपब्लिक र हाइटीका लागि गैरआवासीय राजदूत तथा स्थायी प्रतिनिधमा नियुक्तिका लागि अनुमोदन गर्ने निर्णय भएको छ ।’ कात्तिक २ गते मन्त्रिपरिषद बैठकले पौड्याललाई क्यानाडाको राजदूतमा सिफारिस गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend