२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

बजेट पूर्ण रूपमा कार्यान्वयन हुन्छ : मुख्यमन्त्री कार्की


सञ्चार डबली
  • आइतबार, मंसिर १० २०८०
  • 10.1K
    SHARES

  • images
    बजेट पूर्ण रूपमा कार्यान्वयन हुन्छ : मुख्यमन्त्री कार्की


    काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेश सभामा प्रतिस्थापन विधेयकबाट आएको बजेट पूर्ण रूपमा कार्यान्वयन हुने बताएका छन् । आइतबार आर्थिक मामिला तथा योजना मन्त्रालयमा आयोजित सञ्चारकर्मीसँगको अन्तरक्रियामा उनले बजेट कार्यान्वयनमा कुनै शङ्का नगर्न आग्रह गर्दै यस्तो बताएका हुन् ।

    बजेट भौतिक विकासमा मात्र केन्द्रित नरहेको उल्लेख गर्दै प्रतिस्थापन विधेयकले मानवीय विकासलाई समेत जोड दिएको उनले बताए ।‘प्रस्तुत कार्यक्रमहरू विधेयक पास भएको भोलिपल्टदेखि कार्यान्वयनमा जान्छ । उनले भने, समुन्नत प्रदेशका लागि हामीले पाइला चालिसकेका छौँ ।’

    मुख्यमन्त्री कार्कीले व्यक्तिगत स्वार्थका योजना तथा कार्यक्रम पेस नगर्न आग्रह समेत गरे । ‘यो पटकबाटै हामीले सुरुवात गरिसकेका छौँ । व्यक्तिगत रूपमा योजना ल्याएर बजेट कनिकासरि छर्ने काम अब हुन्न । अब योजना आयोगले तय गरेका कामहरू प्राथमिकता र योजनाबद्ध तवरले हुनेछन् । त्यसका लागि आयोगले पनि काम सुरु गरिसकेको छ ।’

    आर्थिक मामिला तथा योजनामन्त्रीको समेत जिम्मेवारीमा रहेका मुख्यमन्त्री कार्कीले शनिवार लोकप्रिय कार्यक्रमहरू समेट्दै आर्थिक वर्ष २०८०–८१ को बजेटसम्बन्धी अध्यादेश प्रतिस्थापन गर्ने विधेयक प्रदेशसभामा पेस गरेका थिए ।

    विधेयकमा १० वर्षसम्मका बालबालिकाको निःशुल्क उपचार गर्ने, तमोरको पानी धरान ल्याउने, धुलो दूध र घिउ निर्यातमा अनुदान दिने, हात्तीमैत्री जङ्गल बनाउने, इटहरीमा प्रादेशिक जलन अस्पताल निर्माण गर्ने, विराटनगरमा शैलजा आचार्य हृदय रोग उपचार केन्द्रको व्यवस्था मिलाउने, प्रत्येक जिल्लामा निःशुल्क कानुनी उपचार केन्द्रको व्यवस्था मिलाउने, भूमिहीन तथा सुकुम्वासीले घडेरी खरिद गर्ने प्रयोजनका लागि बैंक तथावित्तीय संस्थाबाट लिएको कर्जाको ब्याज मिनाहा गर्ने लगायतका कार्यक्रम समावेश गरिएका छन् ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend