२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

जीतपुर-सिमरा उपमहानगरपालिकाका पुर्वमेयर मृत अवस्थामा फेला


सञ्चार डबली
  • शुक्रबार, असोज २६ २०८०
  • 7.7K
    SHARES

  • images
    जीतपुर-सिमरा उपमहानगरपालिकाका पुर्वमेयर मृत अवस्थामा फेला

    २६ आश्विन २०८०, शुक्रबार  

    निजगढ– जितपुर सिमरा उपमहानगरपालिकाका पूर्वमेयर कृष्ण पौडेल घर मृत अवस्थामा फेला परेका छन् । नेकपा एमालेका नेतासमेत रहेका पुर्व मेयर पौडेल बिहिबार साँझ जितपुर सिमरा उपमहानगरपालिका–२ स्थित घरमै मृत अवस्थामा फेला परेका हुन ।

    जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डीएसपी दधिराम न्यौपानेले पूर्व मेयर पौडेल मृत अवस्थामा फेला परेको जनाउँदै, अझै कारण भने अझै प्रस्ट हुन नसकेको बताए । उनका अनुसार सो बारेमा अनुसन्धान भइरहेको छ ।

    प्रहरीका अनुसार घरमा घोप्टो परेको अवस्थामा उनी घरमा फेला परेका थिए, जतिखेर उनको मृत्यु भइसकेको थियो । एमाले मधेश प्रदेशका पूर्वसचिवसमेत रहेको पौडेलको मृत्यु रहस्यमयी देखिएको स्थानियहरूले जनाएका छन । यद्यपि, प्रहरीले सो बारेमा छानबिन गरिरहेको जनाएको छ ।
     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend