२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

गैर आवासीय नेपाली नागरिकता प्रदान गरेता पनि कानूनी स्पष्टता आवश्यक : सांसद पुन


सञ्चार डबली
  • बिहीबार , असोज २५ २०८०
  • 9.6K
    SHARES

  • images
    गैर आवासीय नेपाली नागरिकता प्रदान गरेता पनि कानूनी स्पष्टता आवश्यक : सांसद पुन

     

    काठमाडौं, २५ असोज । गैर आवासीय नेपाली नागरिकता प्रदान गरेता पनि कानूनी स्पष्टता आवश्यक भएको नेकमा माओवादी केन्द्रका सांसद वर्षमान पुनले बताएका छन् । आज प्रतिनिधिसभाको बैठमा विशेष समयमा बोल्दै उनले गैर आवासीय नेपाली नागरिकतामा आगामी दिनमा आवश्यक कानून, नियम र केही कार्य विधिहरु जारी गर्न सरकारलाई ध्यानाकर्षण गराए ।

    उनले भने,‘गैर आवासिय नेपाली नागरिकता प्रदान गरेको छ सरकारले त्यसलाई कानूनी रुपले कसरी प्रयोग गर्ने भन्ने अस्पष्टता अझै पनि रहेका छन् । त्यसतर्फ सरकारले आगामी दिनमा आवश्यक कानून, नियम र केही कार्य विधिहरु छिटै जारी गर्न सरकारको ध्यानाकर्षण गर्न चहान्छु ।’
    अर्को प्रसंगमा उनले नेपालको अर्थतन्त्र अझैपनि चलायमान हुन नसकेको बताएका छन् ।

    नेपालको अर्थतन्त्र चलायमान हुन नसकेको भन्दै अर्थतन्त्र चलाएमान गराउँन र निजी क्षेत्रको मनोबल बढाउँन सरकारले कडा कदम चाल्न आवश्यक रहेको उनको भनाई छ । उनले भने,‘लगानी ल्याउँने वातावरण सहज होस भन्न चहान्छु ।सरकारले हाम्रो आर्थिक अवस्था के हो अर्थ मन्त्रालयले समग्र सरकार र मन्त्रिपरिषद्ले यसबारे बोल्नु पर्छ । हाम्रो अर्थतन्त्र चलायमान हुन सकेको छैन्, समस्याहरु धेरै छन् । एउटा बोल्ड कदमको आवश्यकता छ । जसले अर्थतन्त्र चलाएमान गराउँन सकोस, निजी क्षेत्रको मनोबल बढाउँन सकोस ।’

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend