२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

सभामुख घिमिरेद्वारा आयरल्याण्डका समकक्षीसँग भेटवार्ता


सञ्चार डबली
  • बिहीबार , असोज ४ २०८०
  • 9.8K
    SHARES

  • images
    सभामुख घिमिरेद्वारा आयरल्याण्डका समकक्षीसँग भेटवार्ता
     

    काठमाडौं, ४ असोज । आयरल्याण्ड भ्रमणमा रहेका सभामुख देवराज घिमिर र आयरल्याण्डका समकक्षीसँग भेटघाट भएको छ ।सभामुख घिमिरेले बुधबार साँझ आइरिस संसदको तल्लो सदन डोयल एरियनका सभामुख सान ओ फारगेलसँग भेटबार्ता गरेका हुन । सो भेटमा दुई देशका संसदबीच संसदीय आदान प्रदान, द्विपक्षीय सहयोग लगायतका विषयमा कुरा भएको भेटमा सहभागी सभामुखका प्रमुख स्वकीय सचिव तेजप्रकाश भट्टराईले जानकारी दिए ।

    नेपाल र आयरल्याण्डबीच सन् १९९९ अगष्ट १९ मा कुटनीतिक सम्बन्ध स्थापना भएको थियो । दुई देशबीच विगतमा पनि उच्चस्तरीय भ्रमण हुँदै आएका छन् । सन् २०१९ मा आयरल्याण्डको प्रतिनिधि सभाका सभामुख सान ओ फारगेलले नेपाल भ्रमण गरेका थिए ।

    सभामुख घिमिरेले उच्चस्तरीय भ्रमणले दुइै देशको आपसी बुझाइ, सदभाव तथा सम्बन्ध थप प्रगाढ हुने विश्वास व्यक्त गरेका छन । ‘दुई देशको सम्बन्ध प्रगाढ र बलियो बनाउन हाम्रा संसद र सांसदहरुको भूमिका छ,’ सभामुखले भेटमा भने, ‘संसदीय अभ्यासको आपसी अनुभव आदान प्रदानमार्फत संसदीय लोकतन्त्रलाई परिस्कृत गर्दै आफ्ना नागरिकहरुका हक अधिकार सुनिश्चित गर्न सकिन्छ ।’

    सभामुख घिमिरेले नेपालमा नयाँ संविधान जारी भएपछि दुईपटक तीनै तहको निर्वाचन सम्पन्न भइसकेको जानकारी दिँदै संविधानले प्रदान गरेका मौलिकहरुलाई कार्यान्वयन गर्न धेरै कानूनहरु निर्माण भइसकेको र केही कानूनहरु निर्माणका लागि संसदले काम गरिरहेको जानकारी दिएका छन । उनले नेपालको संघीय संसदमा मैत्री समूहहरु निर्माणको चरणमा रहेको जानकारी दिँदै आयरल्याण्डसँग सम्बन्ध स्थापित गर्न नेपाल–आयरल्याण्ड मैत्री समूह गठन गर्ने जानकारीसमेत दिए ।  ‘त्यस समूहले दुई देशका संसदबीचको संवाद र सहकार्यलाई निरन्तर अघि बढाउनेछन्,’ सभामुखको भनाइ थियो । उनले संसदीय अभ्यास सिकाइका लागि दुई देशको संसदका कर्मचारी बीच आदानप्रदान कार्यक्रम सञ्चालन गर्न सकिने धारणा राखेका छन ।

    सभामुख घिमिरेले संयुक्त राष्ट्र संघ, अन्तर–व्यवस्थापिका संघ जस्ता बहुपक्षीय मञ्चहरूमा जलवायु परिवर्तन र यसका प्रभावजस्ता विश्वव्यापी साझा मुद्दामा नेपाल र आयरल्याण्डले सहकार्य गर्न सक्ने धारणा राखेका छन ।

    आयरल्याण्डको प्रतिनिधि सभाका सभामुख सान ओ फारगेलले सन् २०१९ मा भएको नेपाल भ्रमणमा आफूले पाएको न्यायो स्वागतको स्मरण गरेका छन । उनले नेपाल प्राकृतिक रुपमा धनी देश रहेको बताउँदै आफूले नेपाल जति सुन्दर मुलुकमा आफूले त्यसअघि भ्रमण नगरेको समेत उल्लेख गरेका छन । उनले आयरल्याण्डमा दुई देशको संसदीय मैत्री समूह गठन भइसकेको जानकारी दिँदै संसदीय आदान प्रदानमा जोड दिएका छन ।


    आयरल्याण्डका सभामुखले आफ्नो मुलुकले वार्षिक अफ्रिकाका १६० विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउँदै आएको जानकारी दिँदै नेपाललाई पनि आईरिस एडमार्फत समावेश गर्ने बताएका छन । 
    सभामुख फारगेलले आयरल्याण्डमा नेपाली विद्यार्थीहरुको उपस्थिति वृद्धि हुँदै गएको बताउँदै उनीहरुको शिक्षा र आवास प्रबन्धमा भएका समस्या समाधान गर्न पहल गर्ने प्रतिबद्धता जनाएका छन । उनले  दुई देशबीच कृषि र खाद्य प्रविधिको आदान प्रदानको सम्भावना रहेको उल्लेख गरेका छन ।

    आइरिस संसदको तल्लो सदन डोयल एरियनका सभामुख सान ओ फारगेलको निमन्त्रणामा आइतबार एक साताका लागि सभामुख घिमिरे आयरल्याण्डको राजधानी डब्लिन प्रस्थान गरेका हुन । सभामुखको भ्रमण टोलीमा प्रतिनिधि सभाका सचिव पद्मप्रसाद पाण्डेय र सभामुखका प्रमुख स्वकीय सचिव तेजप्रकाश भट्टराई र नेपाली राजदूतावास, लन्डनका द्वितीय सचिव रामबाबु नेपाल सहभागी छन ।औपचारिक भ्रमण पूरा गरी सभामुख नेतृत्वको टोली असोज ७ गते नेपाल फर्कने कार्यक्रम छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend