२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

दाङमा सवारी दुर्घटना, १ को मृत्यु, ६ जना घाइते


सञ्चार डबली
  • आइतबार, भदौ ३१ २०८०
  • 8.1K
    SHARES

  • images
    दाङमा सवारी दुर्घटना, १ को मृत्यु, ६ जना घाइते

    दाङ — जिल्लाको तुलसीपुर उपमहानगरपालिका-६ स्टार चोकमा आइतबार फोर्स गाडीले अटोरिक्सालाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा ६ जना घाइते छन् ।

    नेपालगन्जबाट रुकुमका लागि छुट्को लु २ ख ५९१८ नम्बरको फोर्स गाडीले तुलसीपुर-१६ डोक्रेनाबाट तुलसीपुर जाँदै गरेको रा १ ह ४४५९ नं. को अटोरिक्सालाई ठक्कर दिएको थियो । ठक्करबाट सख्त घाइते अटोमा सवार तुलसीपुर-१६ डोक्रेनाका १३ वर्षीय दामोदर भण्डारीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

    अटो चालक तुलसीपुर-६ गोलौराका ५७ वर्षीय तिलबहादुर कार्कीको अवस्था गम्भीर भएकाले थप उपचारका लागि बाँकेको कोहलपुर मेडिकल कलेजमा रिफर गरिएको छ।

    अटोमा सवार तुलसीपुर-१६ डोक्रेनाका ११ वर्षीया वर्षा बस्नेत, उनकी ६ वर्षीया बहिनी सृष्टी र १८ वर्षीया अञ्जु डाँगी घाइते छन् । अन्य २ को अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ । घाइतेहरूको राप्ति प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend