२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

मोरक्कोमा विनाशकारी भूकम्प : मृत्यु हुनेको संख्या २ हजार १ सय नाघ्यो


सञ्चार डबली
  • सोमबार, भदौ २५ २०८०
  • 9.4K
    SHARES

  • images
    मोरक्कोमा विनाशकारी भूकम्प : मृत्यु हुनेको संख्या २ हजार १ सय नाघ्यो

     

    काठमाडौ, २५ भदौ । छ दशक यताकै सबैभन्दा ठूलो भूकम्पमा परी मृत्यु हुनेको संख्या २ हजार १२२ पुगेको छ । अल हाउस प्रान्तमा सबैभन्दा बढी १ हजार २९३ जनाको मृत्यु भएको छ। भूकम्पमा २ हजार ५९ जना घाइते भएका छन् । जसमध्ये १ हजार ४ सय ४ जनाको अवस्था चिन्ताजनक रहेको बताइएको छ ।

    भूकम्पले ऐतिहासिक सहर माराकेश र आसपासका क्षेत्रमा ठूलो क्षति पुर्याएको छ । भूकम्पबाट अति प्रभावित दुर्गम क्षेत्रमा उद्धार कार्य जारी छ । यस्तो अवस्थामा मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने जनाईएको छ । सरकारले तीन दिने राष्ट्रिय शोकको घोषणा गरेको छ ।

    यसैबीच विश्व स्वास्थ्य संगठनले भूकम्पबाट तीन लाख मानिस प्रभावित हुने अनुमान गरेको छ । मोरक्कोमा ६ दशकयताकै सबैभन्दा भीषण भूकम्पपछि जताततै विनाशका संकेतहरू देखिएका छन् । अस्पताल बाहिर शवको थुप्रो छ ।

    उता, विनाशकारी भुकम्पबाट बाँचेका मानिसहरू भग्नावशेषमा आफ्ना प्रियजनहरूको जीवन खोजिरहेका छन्। मोरक्को सरकारले सेनाको सहयोगमा पीडितहरूलाई खाना र पेय पदार्थ पुर्‍याउने घोषणा गरेको छ। राजा मोहम्मद चतुर्थको निर्देशनमा सेनाले भग्नावशेषबाट मानिसहरूलाई उद्धार गर्न विशेष खोज अभियान चलाइरहेको छ।

    मोरक्कोको गृह मन्त्रालयले ग्रामीण क्षेत्रका माटोका घरहरू पूर्ण रूपमा ध्वस्त भएको बताएको छ। भग्नावशेषका कारण साँघुरो सडकहरु बन्द भएका छन् । अस्पतालबाहिर करिब १० जनाको शव छरिएको छ र आफन्तहरू अन्तिम संस्कारको लागि पर्खिरहेका छन् ।

    स्मरण रहोस गत शुक्रबार राति यस उत्तर अफ्रिकी देशमा ६।८ रेक्टर स्केलको भूकम्प गएको थियो । यस भूकम्पमा हालसम्म दुई हजारभन्दा बढीको मृत्यु भइसकेको छ । अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार सन् १९६० मा देशमा गएको शक्तिशाली भूकम्पमा १२ हजार मानिसको मृत्यु भएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend