२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

समाजवादी मोर्चाले आज विराटनगरमा सन्देशसभा गर्दै


सञ्चार डबली
  • सोमबार, भदौ २५ २०८०
  • 9.0K
    SHARES

  • images
    समाजवादी मोर्चाले आज विराटनगरमा सन्देशसभा गर्दै

    २५ भाद्र २०८०, सोमबार  

    काठमाडौँ– नेकपा माओवादी केन्द्रसहित चार दल आवद्ध समाजवादी मोर्चाले आज विराटनगरमा सन्देश सभा आयोजना गर्दैछ । सन्देशसभामा माओवादी अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्ड, पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले सम्बोधन गर्ने तय भएको छ ।

    भेलामा सत्तारुढ चार राजनीतिक दलका प्रदेशभरका अगुवा कार्यकर्ताहरु कार्यक्रममा सहभागी हुनेछन् । सभामा प्रदेशसभा सबै जिल्लाहरुबाट पालिकास्तरीय नेता तथा कार्यकर्ताहरु प्रतिनिधिको रुपमा सहभागी हुनेछन् ।

    मोर्चाले सात मध्ये ५ प्रदेशमा सन्देशसभा आयोजना गरिसकेको छ । समाजवादी मोर्चाले चारवटै पार्टीलाई कार्यकर्ता ल्याउन निर्देशन दिएको छ ।

     

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend