२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

संविधानमा लेखिएका सबै मौलिक लागु गर्ने कुरामा सरकार प्रतिवद्ध छ : वर्षमान पुन


सञ्चार डबली
  • आइतबार, भदौ २४ २०८०
  • 8.7K
    SHARES

  • images
    संविधानमा लेखिएका सबै मौलिक लागु गर्ने कुरामा सरकार  प्रतिवद्ध छ : वर्षमान पुन

    काठमाडौ, २४ भदौ । संविधानमा लेखिएका सबै मौलिक लागु गर्ने कुरामा सरकार प्रतिवद्ध रहेको नेकपा (माओवादी केन्द्र) का उप महासचिव वर्षमान पुनले बताएका छन् । आज काठमाडौंमा हरितालिका तीजको अवसरमा अखिल नेपाल यातायात मजदुर संगठनद्धारा आयोजित अशक्त असहाय र दृष्टिबिहीनहरुका लागि राहत वितरण कार्यक्रममा उनले राज्यसँग भएको साधन र श्रोत अनुसार मौलिक हक लागु गर्ने कुरामा सरकार प्रतिवद्ध रहेको बताए ।

    उनले भने,‘राज्यसँग क्षमता छैन् । क्षमता प्रर्याप्त छैन् । राज्यसँग जति साधन र श्रोत छ त्यहि अनुसार मौलिक हक लागु गर्ने र अझ बढाउँदै लैजान सरकार प्रतिबद्ध छ ।’उनले अपाङ्गता मैत्री पूर्वाधारहरु बनाउने अभ्यास सुरु भइसकेको भन्दै भने,‘आज अपाङ्गता मैत्री पूर्वाधारहरु बनाउने कानूनी व्यवस्था नै छ । त्यो अभ्यास सुरु भईसकेको छ । अपाङ्गता भएका या फरक क्षमता भएकालाई समाजमा हेप्न पाउदैन् । अरु नागरिक सरह समान अधिकार हुन्छ ।’

    उनले माओवादीको तीन महिने जनतासँग माओवादी विशेष रुपान्तरण अभियान सुरु भएको भन्दै सबै जनतालाई आफ्नो समस्या र सुझाव दिन आग्रह गरे । त्यस्तै अखिल नेपाल यातायात मजदुर संगठनका केन्द्रिय अध्यक्ष दीपक केसीले, आफूहरुले फरक क्षमता भएकाहरुका लागि राहत वितरण गर्ने अभियानलाई निरन्तर रुपमा गर्दै आएको स्मरण गरे ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend