२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

एनआरएनएमा जुटेन सहमति, अलग्गै महाधिवेसन गर्ने शेष घले पक्षधरको घोषणा


सञ्चार डबली
  • आइतबार, भदौ २४ २०८०
  • 7.9K
    SHARES

  • images
    एनआरएनएमा जुटेन सहमति, अलग्गै महाधिवेसन गर्ने शेष घले पक्षधरको घोषणा

    काठमाडौंं, २४ भदौ । गैरआवासीय नेपाली संघ (एनआरएनए) पुनः विभाजित अवस्थामा पुगेको छ ।संस्थापन पक्षधरसँग असन्तुष्ट रहदै आएको विनोद कुँवर पक्षले छुट्टै महाधिवेशन गर्ने जनाए पछि एनआरएनए पुनः विभाजनको दिसातर्फ गएको हो ।

    संस्थापन पक्षले एकताको सहमतिअनुसार कार्यान्वयन गर्न नमानेको निष्कर्ष निकाल्दै कुँवर नेतृत्वको एनआरएनएले छुट्टै महाधिवेशन गर्ने निर्णय गरेको जनाईएको छ ।

    शनिबार कुँवरको सभापतित्व तथा पूर्व प्रमुख संरक्षक तथा पूर्व अध्यक्ष शेष घलेको प्रमुख आतिथ्यतामा सम्वन्न संघको विशेष साधारणसभाले आगामी मार्च भित्र महाधिवेशन गर्ने निर्णय गरेको हो ।

    जसअनुसार गत जुलाई सम्म सम्पन्न गर्नुपर्ने राष्ट्रिय महाधिवेशन नोभेम्बरसम्म पछि सार्न गरिएको प्रस्ताव सभाबाट पारितसमेत भएको छ। साथै, संघको ११ औं अन्तराष्ट्रिय महाधिवेशन मार्च भन्दा पहिले सम्पन्न गर्नेगरी परिषद बैठकले निर्णय गर्ने गरी प्रस्ताव पनि पारित भएको अध्यक्ष कुँवरले जानकारी दिएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend