२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

माओवादीको तीन महिने अभियानको आज उद्घाटन गरिने


सञ्चार डबली
  • शनिबार, भदौ १६ २०८०
  • 8.5K
    SHARES

  • images
    माओवादीको तीन महिने अभियानको आज उद्घाटन गरिने

     

    काठमाडौं, १६ भदौ । नेकपा (माओवादी केन्द्र) को तीन महिने अभियान आजबाट सुरु हुँदैछ । प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’’ को भर्चुअल माध्यमबाट देशका सबै वडाहरूमा एकसाथ उद्घाटन गर्नेछन् ।

    माओवादी केन्द्रिय कार्यालयका अनुसार अध्यक्ष प्रचण्डले बिहान ९ः०० बजे भर्चुअल माध्यमबाट सम्बोधन गर्ने कार्यक्रम रहेको छ । पार्टी मुख्यालय पेरिसडाँ‍डावाट अध्यक्ष दाहालले सो सम्बोधन गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    सो अघि अध्यक्ष दाहालले चन्द्रागिरी नगरपालिका–२ घट्टेडाँडा पार्कवाट अभियानको उदघाटन सम्बोधन गर्ने कार्यक्रम तय गरिएको केन्द्रिय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिएका थिए । उनका अनुसार अध्यक्ष दाहालको उक्त सम्बोधन फेसबुक, युट्युव लगायतका बिभिन्न भर्चुअल माध्यमबाट सुन्न र हेर्न सकिने व्यवस्था मिलाईएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend