२०८३, कात्तिक २६ गते

images
Logo

Nov 12 2026 | २०८३, कात्तिक २६ गते

images
  • बिहीबार , कात्तिक २६ २०८३

रिहा भए टोपबहादुर रायमाझी


सञ्चार डबली
  • बिहीबार , कात्तिक २६ २०८३
  • 451
    SHARES

  • रिहा भए टोपबहादुर रायमाझी

    काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा कैद सजाय भोगिरहेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी विहिबार बिहान रिहा भएका छन् ।

    रायमाझी ६५ वर्ष उमेर पूरा हुन लागेकाले ज्येष्ठ नागरिकसम्बन्धी कानुनअनुसार कैदमा २५ प्रतिशत छुट पाएर रिहा भएका हुन् । 

    काठमाडौं जिल्ला अदालतले उनको कैदमुक्तिका लागि डिल्लीबजार कारागारलाई संशोधित कैदीपुर्जी पठाएको थियो । 

    रायमाझीलाई उक्त प्रकरणमा दोषी ठहर गर्दै २०८३ असार ३० गते चार वर्ष कैद सजाय सुनाइएको थियो । उनी २०८० वैशाख २० गते पक्राउ परेका थिए ।

    प्रतिक्रिया दिनुहोस

    images

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend