२०८३, कात्तिक २५ गते

images
Logo

Nov 11 2026 | २०८३, कात्तिक २५ गते

images
  • बुधबार, कात्तिक २५ २०८३
खेलकुद

पर्सालाई हराउदै पुलिसले जित्यो प्रो क्लबको उपाधि


  • शनिबार, पुस १४ २०८०
  • 9.1K
    SHARES

  • पर्सालाई हराउदै पुलिसले जित्यो प्रो क्लबको उपाधि

    काठमाडौं, १४ पुस। नेपाल पुलिस क्लबले वीरगन्जमा जारी नेपाल प्रो क्लब च्याम्पियनसिपको उपाधि जितेको छ । शनिबार सम्पन्न फाइनल खेलमा नेपाल पुलिस क्लबले पर्सा- ११ लाई १०० रनले परजित गर्दै उपाधि जितेको हो ।

    नेपाल पुलिसले दिएको १४६ रनको लक्ष्य पछाएको पर्सा ११ ओभरमा केवल ४५ रन बनाएर अल आउट भएको थियो ।

    पर्साका लागि अनिल शाहले सर्बाधिक १३ रन बनाए भने अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेका थिएनन् । पर्साको ब्याटिंग लाइन ध्वस्त गर्ने क्रममा पुलिसका सागर ढकालले सर्बाधिक ४ विकेट लिएका थिए भने ललित राजबंशी र रशिद खानले २-२ विकेट लिएका थिए । त्यस्तै करण केसी र शेर मल्लले एक एक विकेट लिएका थिए ।

    यस अघि टस जितेर पहिला ब्याटिंग गरेको पुलिसले २० ओभरमा ८ विकेट गुमाउदै १४५ रन बनाएको थियो । पुलिसका लागि करण केसीले विस्फोटक १७ बलमा ४० रन बनाएका थिए भने अर्जुन साउदले २६, शंकर रानाले १९, दिलिप नाथले १७ र कप्तान आसिफ सेखले १६ रन बनाएका थिए ।

    यस खेलमा पर्साका नियमित कप्तान सन्दीप लामिछाने खेलेका थिएनन् । शुक्रबार काठमाडौँ जिल्ला अदालतले सन्दीपलाई बलात्कारको आरोपमा दोषी ठहर गरेपछि आज उनलाई टिम बाहिर राखिएको थियो ।



    प्रतिक्रिया दिनुहोस

    images

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend