२०८३, कात्तिक २५ गते

images
Logo

Nov 11 2026 | २०८३, कात्तिक २५ गते

images
  • बुधबार, कात्तिक २५ २०८३

पछिल्लो २४ घण्टामा देशभर सवारी दुर्घटनामा १२ को मृत्यु, ४३५ जना घाइते


सञ्चार डबली
  • मंगलबार, कात्तिक २४ २०८३
  • 1.8K
    SHARES

  • पछिल्लो २४ घण्टामा देशभर सवारी दुर्घटनामा १२ को मृत्यु, ४३५ जना घाइते

    काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा १२ जनाको मृत्यु भएको छ भने ४३५ जना घाइते भएका छन् ।

    नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा लुम्बिनी र कर्णाली प्रदेशमा ४-४ जनाको मृत्यु भएको छ भने बागमती प्रदेशमा ३ र काठमाडौँ उपत्यकामा एक जनाको मृत्यु भएको छ ।

    त्यस्तै देशभर भएका दुर्घटनामा ४३५ जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा ४२ जना घाइते भएका छन् भने कोशीमा ६६ जना, काठमाडौँ उपत्यकामा १५ जना, सुदूरपश्चिममा २४ जना, बागमतीमा १६ जना घाइते भएका छन् भने लुम्बिनीमा ५८ जना, कर्णालीमा २०७ जना र गण्डकीमा ७ जना घाइते भएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    images

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend