२०८३, कात्तिक २५ गते

images
Logo

Nov 11 2026 | २०८३, कात्तिक २५ गते

images
  • बुधबार, कात्तिक २५ २०८३

युवराज सामराले हाने एनपीएल ३ को पहिलो शतक


सञ्चार डबली
  • सोमबार, कात्तिक २३ २०८३
  • 2.0K
    SHARES

  • युवराज सामराले हाने एनपीएल ३ को पहिलो शतक

    काठमाडौं । पोखरा एभेन्जर्सका ओपनिङ ब्याट्सम्यान युवराज सामराले शतक बनाएका छन् ।

    नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जारी खेलमा कर्णाली याक्सविरुद्ध उनले ४५ बलमा शतक बनाएका हुन् । यसक्रममा उनले ६ छक्का र १० चौका प्रहार गरे ।

    जारी प्रतियोगितामा यो पहिलो शतक हो । तेस्रो संस्करणको एनपीएलको पहिलो शतक सामराकै नाममा रह्यो । पोखराले उनलाई केहीदिनमात्रै टिममा भित्र्याएको हो । उनले पोखराबाट योसँगै दुई खेलमात्रै खेलेका छन् ।

    प्रतियोगितामा चार खेलमा चारै पराजय बेहोरेको पोखरालाई आज जित्नैपर्ने दबाब छ ।

    उनलाई क्रिजमा कुशल भुर्तेलले साथ दिएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    images

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend