२०८३, कात्तिक २५ गते

images
Logo

Nov 11 2026 | २०८३, कात्तिक २५ गते

images
  • बुधबार, कात्तिक २५ २०८३

आन्तरिक तथा बाह्य पर्यटकले अन्नपूर्ण केबलकार बिहान ५ बजेदेखि भरिभराउ


सञ्चार डबली
  • बिहीबार , पुस १२ २०८०
  • 11.6K
    SHARES

  • आन्तरिक तथा बाह्य पर्यटकले अन्नपूर्ण केबलकार बिहान ५ बजेदेखि भरिभराउ

    सञ्चारडवली संवाददाता
    १२ पौष २०८०, विहिबार,

    पोखरा । आन्तरिक तथा बाह्य पर्यटक बढेसँगै पोखरामा पछिल्ला केही महिनायता पर्यटकहरुको आकर्षण बढेको छ । पोखरामा विभिन्न सङ्घसंस्थाहरुबाट अवलोकन भ्रमणका लागि गन्तव्य स्थल बन्दै गएको छ । पोखरामा बनेको अन्नपूर्ण केबलकारले आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आकर्षित गरेको हो । दैनिक हजारौँको सङ्ख्यामा पर्यटक यहाँ भित्रिने गरेका छन् । पर्यटकको सङ्ख्या बढेसँगै पोखराका होटल भरिभराउ हुन थालेका छन् । एक साताअघिदेखि नै होटल बुकिङ हुन थालेको सञ्चालकहरुको भनाइ छ । पर्यटकीय पूर्वाधार बढेसँगै पोखरा लेकसाइडमा सुविधासम्पन्न होटलसमेत थपिन थालेका छन् ।

    बिहानी सेवा सञ्चालनसँगै पयर्टकहरुले सूर्योदय र तथा साँझ सूर्यास्तसम्मको अवलोकन गर्न सक्नेछन् । केबलकार गत बर्ष फागुनदेखि नै सञ्चालनमा आएको हो । अन्नपूर्ण केबलकारको दुरी सेदीबगरदेखि सराङकोटसम्म दुई हजार ४०० मिटर रहेको छ । सेदीबगरदेखि सराङकोटसम्म लामो समय लाग्ने सडक यात्रालाई केवल ९ देखि १० मिनेट भित्रमा नै पार गर्न सकिने बनाएको छ । १७ वटा गोन्डोला रहेको र एउटा गोन्डोलामा आठ जनासम्म बसेर सयर गर्न सकिनुका साथै एक घण्टामा ५ सय जनासम्मले यात्रा गर्न सकिने बताइएको छ ।

    cable-car-in-sarangkote-rss.jpg
    undefined

    कम्पनीले नेपालीका लागि रु. ७ सय, सार्क राष्ट्रका पर्यटकका लागि रु. एक हजार र तेस्रो मुलुकका नागरिकका लागि बाह्र डलर भाडादर तोकेको छ । ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिका लागि भने भाडामा ५० प्रतिशत छुटको व्यवस्था गरेको छ । विद्यार्थीलाई २५ प्रतिशत सहुलियतका साथै सहकारीबाट भ्रमणमा आउने सदस्यहरुलाई १० प्रतिशत छुटको व्यवस्था गरेको कम्पनीले जनाएको छ ।

    आन्तरिक तथा बाह्य पर्यटकहरुलाई पोखराको पर्यटन प्रर्वद्धनमा पृथक पहिचान बनाउने साथै समग्र आर्थिक बिकास र समुन्नतीमा टेवा पुर्याउने उदेश्य स्वरुप तत्काल ४ वटा भिआईपी गोन्डोला थप्ने तथा ५० फिटको पञ्चमुखी गणेश भगवानको मूर्ति बनाउने योजना रहेको छ । पोखरा महानगरपालिका–१८ को सेदीबगरमा निर्माण भएको अन्नपूर्ण केबलकार बिहान ५ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालनमा आउने अन्नपूर्ण केबलकारका स्टेशन मेनेजर अरुण काईरालाले जानकारी दिएका छन् ।

    अन्नपूर्ण केबलकारमा पोखरा र काठमाडौंका प्रतिष्ठित व्यवसायीको दुई अर्ब रुपैयाँ लगानी रहेको अन्नपूर्ण केबलकार प्रालिका सञ्चालक एवं निर्देशक तीर्थराज त्रिपाठीले जानकारी दिए । सुरुमा एक अर्ब ३० करोडको लागत अनुमान गरिए पनि कोभिड-१९ को संक्रमणकालीन समय र विभिन्न संरचनाका कारण लागत बढेको बताइएको छ । केबलकारमा स्थानीयको २५ प्रतिशत शेयर रहेको छ ।

     

     

    प्रतिक्रिया दिनुहोस

    images

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend