२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

प्रधानमन्त्री कप महिला टी–२०ः सुदूरपश्चिममाथि कोशी प्रदेशको सानदार जित


सञ्चार डबली
  • बिहीबार , पुस १२ २०८०
  • 9.9K
    SHARES

  • images
    प्रधानमन्त्री कप महिला टी–२०ः सुदूरपश्चिममाथि कोशी प्रदेशको सानदार जित


    काठमाडौं । जारी प्रधानमन्त्री कप महिला टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत कोशी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई पराजित गरेको छ । बिहीबार सम्पन्न खेलमा कोशी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई ८ विकेटले पराजित गरेको हो ।

    सुदूरपश्चिम प्रदेशले दिएको ११९ रनको लक्ष्य पछाएको कोशी प्रदेशले १७.४ ओभरमा २ विकेट गुमाएर लक्ष्य पुरा गरेको हो । यस अघि सुदूरपश्चिमले पहिला ब्याटिंग गर्दै २० ओभरमा ३ विकेट गुमाएर ११८ रन बनाएको थियो ।

    यो जितसँगै कोशी प्रदेशको ६ खेलमा ५ जित र एक हारसहित १० अंक भएको छ । यो जितपछि कोशी प्लेअफमा पुग्ने निश्चित भएको छ । त्यस्तै सुदूरपश्चिम प्रदेशको भने ६ खेलमा ८ अंक रहेको छ र सुदूरपश्चिमको प्लेअफको सम्भावना कायम रहेको छ ।

    अब कोशी प्रदेशले लिग चरणको अन्तिम खेलमा शनिबार लुम्बिनीको सामना गर्ने छ भने सुदूरपश्चिम प्रदेशले शनिबार लिग चरणको अन्तिम खेलमा गण्डकी प्रदेशसँग खेल्ने छ ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend