२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

प्रधानसेनापति ट्रफी सुरु


सञ्चार डबली
  • सोमबार, असोज १२ २०८३
  • 660
    SHARES

  • images
    प्रधानसेनापति ट्रफी सुरु

    प्रधानसेनापति महारथी अशोक राज सिग्देलले लगनखेलस्थित खेल मैदानमा आयोजित प्रधान सेनापति ट्रफी–२०८३ खेलकुद प्रतियोगिताको उद्घाटन गरेका छन् ।

    नेपाली सेनाभित्र रहेका प्रतिभावान् खेलाडीको पहिचान गरी उनीहरूको खेलकौशल विकास गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्ने उद्देश्यले वि.सं. २०६५ सालदेखि प्रधान सेनापति ट्रफी प्रतियोगिता सञ्चालन हुँदै आएको हो ।

    यस वर्षको प्रतियोगितामा एथलेटिक्स, स्विमिङ, बक्सिङ, तेक्वान्दो, भलिबल, बास्केटबल, फुटबल र जुडो गरी आठ विधा समावेश गरिएको छ । प्रतियोगितामा नेपाली सेनाका पृतना तथा बाहिनीका १४ टोली सहभागी छन् ।

    प्रतियोगिताअन्तर्गत आज सम्पन्न ५ किलोमिटर दौडमा महिलातर्फ मध्य पूर्वी पृतनाकी प्यूठ निर्मला के.सी. विजेता बनेकी छन् । पुरुषतर्फ उत्तर पश्चिम पृतनाका सिपाही अर्जुन बुढा विजेता बन्नुभएको छ। विजेता खेलाडीहरूलाई प्रधान सेनापति महारथी अशोक राज सिग्देलले पुरस्कार वितरण गरेका थिए ।

    उद्घाटन समारोहमा रथीवृन्द, अधिकृत, निर्णायक मण्डल तथा विभिन्न विधामा सहभागी खेलाडीहरूको उपस्थिति रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend