सञ्चारडवली सम्वाददाता
पौष १२, २०८०
पोखरा । पोखराकै ब्राण्ड बन्दै आएको पोखरा सडक महोत्सवले यसपाली रजत जयन्ती मनाउदै छ । लेकसाइड क्षेत्रमा रेस्टुरेन्ट एन्ड बार एसोसियसन (रेवान) पोखराको आयोजनामा अग्रेजी नयाँबर्षमा पोखराको पर्यटन प्रर्वद्धनमा पृथक पहिचान बनाउने उदेश्यले २५ औँ संस्करणको महोत्सव आज विहिबारदेखि लेकसाईडको ३ कि.मि क्षेत्रफलमा शुरु भएको छ।
यो नेपालकै सबैभन्दा ठूलो क्षेत्रफलमा हुने महोत्सव हो । आन्तरिक तथा बाह्य पर्यटकका लागि पोखरालाई अंग्रेजी नयाँ वर्षको प्रान्तव्य स्थलका रुपमा चिनाउन यो महोत्सव १६ पुष सम्म चल्नेछ । ५ दिन सम्म चल्ने महोत्सवमा यसअघिका सडक महोत्सवको अवधिमा साढे ४ लाख सम्म पर्यटक पोखरा आउने गरेकोमा यसपाली त्यसमा १ लाख थप गरी ५ लाख बढी आन्तरिक पाहुना पर्यटक भित्राउने लक्ष्य रहेको छ । महोत्सवबाट पर्यटन क्षेत्रले बिदेशी मुद्रा आर्जन, रोजगारी सिर्जना तथा समग्र आर्थिक बिकास र समुन्नतीमा टेवा पुर्याउने रेवान पोखराका महोत्सव संयोजक विश्वराज पौडेलले बताए ।
‘गोर्खा ब्रुअरीको मुख्य प्रयोजनमा हुने महोत्सवको मुल नारा सडकमै खाऔँ, सडकमै रमाऔँ’ भन्ने उद्घोषका साथ हुने महोत्सवलाई पृथक र थप आर्कषक बनाउने प्रत्यत्न गरिएको छ । ‘सडकमै सांस्कृतिक कार्यक्रममा बाढी जोड दिएको महोत्सव फिस्टेल गेटदेखि गैराको चौतारा हुँदै जरेबरसम्मको सडकमा हुनेछ ।
महोत्सवमा साँस्कृतिक कार्यक्रम, मौलिक भेषभूषा प्रदर्शनसँगै राष्ट्रिय तथा अन्तराष्ट्रिय खानाको प्रदर्शनी, दोहोरी गीत प्रतियोगिता, झाँकी प्रदर्शन, रात्रीकालीन कन्सर्ट, बोट रेस, वेटर रेस, टग अफ कार जस्ता कार्यक्रम हुने छन् । सँगसँगै भलिबल प्रतियोगिता, सचेतना मुलक सडक नाटक, टक सो, हस्तकला, चित्रकला, मूर्तिकला तथा कृषि, वनस्पती लगायतका सामग्री प्रदर्शनी गरिनेछ ।
विदेशी मुद्रा आर्जन, रोजगारी सिर्जना, समग्र आर्थिक विकास र समृद्धिमा महोत्सवले टेवा पु¥याउने पोखरा पर्यटन परिषद अध्यक्ष पोमनारायण श्रेष्ठ बताउँछन् । नेपाल पर्यटन बोर्ड, पोखरा महानगरपालिका, गण्डकी प्रदेश सरकार र पोखरा पर्यटन परिषद महोत्सवको प्रवद्र्धकको भूमिकामा छन् ।
रेस्टुरेन्ट एन्ड बार एसोसियसन (रेवान) पोखराका अध्यक्ष नरेश भट्टराईले महोत्सवमा बिभिन्न २५ प्रकारका खानाका परिकार पाहुनालाई पस्कने बताए । त्यसो त पर्यटनको राजधानी घोषणाको तयारी हुदैं गरेको पोखरामा क्रिसमसदेखि नै अंग्रजी नयाँ बर्ष २०२४ को रौनक शुरु भईसकेको छ ।

