२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

हिमालयन डिस्टीलरी लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन


सञ्चार डबली
  • बिहीबार , पुस १२ २०८०
  • 7.9K
    SHARES

  • images
    हिमालयन डिस्टीलरी लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन


    काठमाडौं । आज हिमालयन डिस्टीलरी लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ।कम्पनीले हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि समेत गरि १५ प्रतिशत नगद लाभांश गरि कुल २५ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ। यस लाभांशलाई कम्पनीको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्ताले पाउनेछन ।

    कम्पनीले पुस २५ गते बुधबार पर्सा स्थित आफ्नै रजिस्टर्ड कार्यलयमा साधारण सभा आह्वान गरेको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस १३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । अर्थात आज पुस १२ गतेसम्म कायम सेयरधनीले मात्र कम्पनीको साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश प्राप्त गर्नेछन।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend