२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

महासभामा सहभागी हुन अमेरिका गएका परराष्ट्रमन्त्री खनाल न्युयोर्कबाट काठमाडौँका लागि प्रस्थान


सञ्चार डबली
  • मंगलबार, असोज १३ २०८३
  • 682
    SHARES

  • images
    महासभामा सहभागी हुन अमेरिका गएका परराष्ट्रमन्त्री खनाल न्युयोर्कबाट काठमाडौँका लागि प्रस्थान

    काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल स्वदेश फर्किदैछन् । संयुक्त राष्ट्रसंघ (यूएन) को ८१औँ महासभामा सहभागी हुन अमेरिका गएका मन्त्री खनाल नेपाली प्रतिनिधिमण्डलका सदस्यसहित दोहा हुँदै काठमाडौँ आउन लागेका हुन् । 

    संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापा, न्युयोर्कका लागि नेपाली महावाणिज्यदूत दधिराम भण्डारी तथा नियोगका अधिकारीहरूले विमानस्थलमा मन्त्री खनाललाई बिदाइ गरेका थिए ।

    मन्त्री खनाल असोज ४ गते अमेरिका प्रस्थान गरेका थिए । राष्ट्रसंघ (यूएन) को ८१औँ महासभामा सहभागी हुदै मन्त्री खनालले महासभाको उच्चस्तरीय सत्रअन्तर्गत हुने विभिन्न उच्चस्तरीय बैठक, साइड इभेन्ट तथा मन्त्रीस्तरीय कार्यक्रममा सहभागिता जनाएका थिए ।

    उनले महासभाका विभिन्न उच्चस्तरीय बैठक, सहायक कार्यक्रम तथा मन्त्रीस्तरीय छलफलमा सहभागिता जनाएका थिए । साथै, समकक्षी तथा विभिन्न देशका उच्च अधिकारीसँग द्विपक्षीय भेटवार्ता गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend