२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

सानिमा बैंकको २२औँ वार्षिक साधारणसभा सम्पन्न


सञ्चार डबली
  • मंगलबार, असोज १३ २०८३
  • 638
    SHARES

  • images
    सानिमा बैंकको २२औँ वार्षिक साधारणसभा सम्पन्न

    काठमाडौं । सानिमा बैंक लिमिटेडको २२औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

    सोमबार बैंकका अध्यक्ष तुकप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न सभाले सञ्चालक समितिले प्रस्ताव गरेको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

    सभाले आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्म कायम साधारण सेयर पुँजीको १० प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव अनुमोदन गरेको हो। त्यस्तै, अग्राधिकार सेयर पुँजीतर्फ ८.२५ प्रतिशत नगद लाभांश ९करसहित० वितरण गर्ने प्रस्ताव पनि पारित भएको बैंकले जनाएको छ ।

    साधारणसभाबाट सर्वसाधारण सेयरधनीहरुको तर्फबाट तेज बहादुर चन्द र महेश घिमिरे संचालकमा निर्विरोध निर्वाचित भएका छन् ।

    आर्थिक वर्ष २०८२/८३ मा ३ अर्ब ५५ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ भने कुल सम्पत्ति २९१ अर्ब २१ करोड, कुल निक्षेप २४९ अर्ब ९३ करोड तथा खुद कर्जा सापटी २०३ अर्ब ९९ करोड रुपैयाँ रहेको छ ।

    यस अवधिमा बैंकको निष्क्रिय कर्जा २.८७ प्रतिशत, पुँजीकोष १२.८३ प्रतिशत, तरलता ३०.६८ प्रतिशत, कर्जा निक्षेप अनुपात ८०.७७ प्रतिशत रहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend