२०८३, कात्तिक २५ गते

images
Logo

Nov 11 2026 | २०८३, कात्तिक २५ गते

images
  • बुधबार, कात्तिक २५ २०८३

काठमाडौँ रेजर्सलाई हराउदै ललितपुर एनएसएलको दोस्रो क्वालिफायरमा


सञ्चार डबली
  • मंगलबार, पुस १० २०८०
  • 9.2K
    SHARES

  • काठमाडौँ रेजर्सलाई हराउदै ललितपुर एनएसएलको दोस्रो क्वालिफायरमा

    काठमाडौँ, १० पुस । ललितपुर सिटी एफसी जारी नेपाल सुपर लिग (एनएसएल) फुटबलको दोस्रो क्वालिफायरमा पुगेको छ ।

    मंगलबार सम्पन्न इलिमिनेटरमा  काठमाडौँ रेजर्सलाई ३-० गोल अन्तरले पराजित गर्दै ललितपुर दोस्रो क्वालिफायरमा पुगेको हो ।

    ललितपुरको जितमा नाइजेरियन खेलाडी इमाह इजेकिएलले दुई गोल गरेका थिए भने फ्रेन्च खेलाडी पापा इबोउ केबेले एक गोल गरेका थिए । पहिलो हाफमा २ गोल गरेको ललितपुरले दोस्रो हाफमा एक गोल थपेको थियो ।

    पहिलो हाफको ३६औं मिनेटमा इजेकीएलले गोल गर्दै ललितपुरलाई शुरुवाती अग्रता दिलाएका थिए भने ४४औं मिनेटमा केबेले गोल गर्दै अग्रता दोब्बर पारेका थिए । त्यस्तै दोस्रो हाफको ५२औं मिनेटमा इजेकीएलले हेडमार्फत आफ्नो दोस्रो गोल गर्दै ललितपुरको अग्रता तेब्बर पारेका थिए ।

    यो जितसँगै अब ललितपुर यस सिजनको दोस्रो क्वालिफायरमा पुगेको छ । अब दोस्रो क्वालिफायरमा ललितपुर सिटीले पोखरा थण्डर्सको सामना गर्ने छ । विहिबार हुने यस खेलको विजेताले फाइनलमा उपाधिका लागि धनगढी एफसीको सामना गर्ने छ ।

    त्यस्तै इलिमिनेटरमा हार बेहोरेको सँगै नेपाल सुपर लिगको डिफेन्डिङ च्याम्पियन काठमाडौँ रेजर्सको यस सिजनको यात्रा समाप्त भएको छ ।

    यस सिजनको फाइनल खेल आगामी शनिबार हुने तालिका रहेको छ ।
     

    प्रतिक्रिया दिनुहोस

    images

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend