२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

नेपाल सुपर लिगः साविक विजेता काठमाडौं रेजर्स प्ले अफमा


सञ्चार डबली
  • आइतबार, पुस ८ २०८०
  • 8.0K
    SHARES

  • images
    नेपाल सुपर लिगः साविक विजेता काठमाडौं रेजर्स प्ले अफमा


    काठमाडौं । काठमाडौंमा जारी नेपाल सुपर लिग (एनएसएल) मा साविक विजेता काठमाडौं रेजर्स प्लेअफमा प्रवेश गरेको छ । शनिबार दशरथ रंगशालामा भएको लिग चरणको अन्तिम खेलमा ललितपुर सिटीलाई १–० ले हराउँदै काठमाडौं तेस्रो स्थानमा रहेर प्लेअफमा स्थान पक्का गरेको हो ।

    काठमाडौंका लागि पहिलो हाफको इन्जुरी समयमा आन्द्रेस नियाले गरेको गोल नै निर्णायक बन्यो ।जितसँगै १२ अंकका साथ तेस्रो स्थानमा उक्लिएको काठमाडौंले प्ले अफमा स्थान बनाउँदा हारका बाबजुद ललितपुर पनि प्ले अफमा पुगेको छ ।

    ललितपुर, झापा, र बुटवलको समान १०÷१० अंक भएपनि हेड टु हेडमा ललितपुर अघि रह्यो । पोखरा थन्डर्स १४ अंकसहित लिगको शीर्षस्थान तथा धनगढी १३ अंक जोड्दै दोस्रो स्थानमा रहेर क्वालिफायरमा स्थान बनाउन सफल भइसकेका छन् ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend