२०८३, कात्तिक २५ गते

images
Logo

Nov 11 2026 | २०८३, कात्तिक २५ गते

images
  • बुधबार, कात्तिक २५ २०८३

एनएसएल : झापासँग धनगढी पराजित


सञ्चार डबली
  • बुधबार, पुस ४ २०८०
  • 8.6K
    SHARES

  • एनएसएल : झापासँग धनगढी पराजित

    काठमाडौं, ४ पुस । नेपाल सुपर लिग (एनएसएल) को उपाधि दौडमा रहेको धनगढी झापा एफसीसँग पराजित भएको छ। 

    दशरथ रङ्गशालामा बुधबार भएको खेलमा झापाले धनगढीलाई २–० गोलले पराजित गरेको हो।

    पहिलो हाफ गोल रहित बराबरीमा सकिएको खेलमा झापाले दुवै गोल दोस्रो हाफमा गरेको हो। झापाको जितमा अन्जन विष्टले ५२औँ र समिराज थोकरले ७७औं मिनेटमा एक एक गोल गरेका थिए। जितसँगै झापाले प्लेअफ खेल्ने सम्भावना बलियो बनाएको छ।

    यस जितसँगै झापा सात खेलबाट १० अङ्क जोड्दै तालिकाको चौथो स्थानमा उक्लिएको छ। धनगढी १२ अङ्कसहित दोस्रो स्थानमा यथावत छ। शीर्षस्थानमा रहेको पोखराको १४ अङ्क छ। 

    प्रतिक्रिया दिनुहोस

    images

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend