२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

एमालेले सरकार छाडेपछि देशको राजनीति फोहोरी खेलतर्फ गयो : अध्यक्ष ओली


सञ्चार डबली
  • शुक्रबार, मंसिर ८ २०८०
  • 7.8K
    SHARES

  • images
    एमालेले सरकार छाडेपछि देशको राजनीति फोहोरी खेलतर्फ गयो : अध्यक्ष ओली


    काठमाडौं। एमालेले सरकार छाडेपछि देशको राजनीति फोहोरी खेलतर्फ गएको एमालेका अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् । एमाले पार्टी कार्यालयमा आज आयोजित युवा संघको केन्द्रीय कमिटी बैठकमा उनले आफ्नो सरकार हुँदै त्यसलाई हटाउनेसम्मका फोहोरी खेल भएको आरोप लगाएका हुन् । ‘देशमा वर्तमान सरकारको कारणले आशालाग्दो अवस्था छैन । हामीले सरकार छोडेपछि राजनीति फोहोरी खेलतर्फ गयो,’ उनले भने, ‘यतिसम्म फोहोर कि हाम्रो सरकार हुँदै त्यसलाई हटाउन यति फोहोरी खेल भयो ।’

    अध्यक्ष ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको नाम नलिइ एमालेमा हुँदा आफ्नो पार्टीको सरकार ढलाइपाउँ र दक्षिणपन्थी नेतृत्वको सरकार पाउँ भनेर अदालतमा मुद्दा हालेको आरोप लगाए । उनले एमालेले सरकार छाड्नु परेको विगतको तीतो पोखे ।

    आफूलाई वामपन्थी र कम्युनिष्ट भन्नेहरुबाट झुक्याउने नाम र नारा दिने काम भएको टिप्पणी उनले गरे । पार्टीभित्रै रहेका नेताको गैरजिम्मेवार क्रियाकलापले देशमा पार्टीप्रतिको निष्ठाको राजनीतिमा गम्भीर खलल पु¥याउने काम भएको आरोप पनि उनले लगाए ।

    उनले भने, ‘आफूलाई कता कता वामपन्थी भन्नेहरु, कम्युनिष्ट भन्नेहरु, अनि झुक्याउने नाम र नारा दिनेहरुबाट ती काम भए त्यसले देशमा पार्टीप्रतिको निष्ठाको राजनीतिमा गम्भीर खलल पु¥याउने काम भयो । सिंगो समाजलाई निष्ठाहीन बनाउने कोसिस भयो र निष्ठामा ह्रास आउने काम भयो ।’

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend