२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

विपिन जोशीको रिहाइका लागि गरिदिन कतारी विदेश राज्यमन्त्रीलाई आग्रह


सञ्चार डबली
  • शुक्रबार, मंसिर ८ २०८०
  • 9.5K
    SHARES

  • images
    विपिन जोशीको रिहाइका लागि गरिदिन कतारी विदेश राज्यमन्त्रीलाई आग्रह


    काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल–मुखैरीलाई हमासको नियन्त्रणमा रहेका विपिन जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह गरेका छन् ।परराष्ट्र मन्त्रालयमा शुक्रबार भएको अल–मुखैरीसँगको भेटका क्रममा मन्त्री साउदले कञ्चनपुरका जोशीलाई हमासको नियन्त्रणबाट रिहाइका लागि पहल गरिदिन आग्रह गरेको परराष्ट्र सचिवालयले जनाएको हो ।

    विद्रोही समूह हमासले शुक्रबारबाट रिहा गर्न लागिएको भनिएका ५० जनाको समूहमै जोशीलाई पनि रिहाइ गराइदिन विशेष अनुरोध गरिएको मन्त्री साउदका प्रमुख स्वकीय सचिव दीपकराज जोशीले बताए ।जवाफमा कतारी विदेश राज्यमन्त्री मुखैरीले रिहाइका लागि सहयोग गर्ने आश्वासन दिएको जोशीले जानकारी दिए ।

    भेटका क्रममा परराष्ट्रमन्त्री साउदले गाजामा युद्धविराम र हमासले बन्धक बनाएका नागरिकको रिहाइका लागि कतार सरकारले निर्वाह गरेको मध्यस्थकर्ताको भूमिकाको प्रशंसा गरेका छन् ।यसअघि बिहीबार मन्त्री साउदले जोशीको रिहाइका लागि इजरायलका राजदूतलाई मन्त्रालयमा बोलाएर छलफल गरेका थिए । भेटका क्रममा अल–मुखैरी र साउदबीच रोजगारी, व्यापार तथा लगानी आदानप्रदान, सहकार्यको विकास र उच्चस्तरीय भ्रमणलगायत द्धिपक्षीय हितका विषयमा छलफल भएको बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend