२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

बैंक र उद्योगका लगानीकर्ता बेग्लाबेग्लै हुनुपर्छ : शेखर कोइराला


सञ्चार डबली
  • शुक्रबार, मंसिर ८ २०८०
  • 7.6K
    SHARES

  • images
    बैंक र उद्योगका लगानीकर्ता बेग्लाबेग्लै हुनुपर्छ : शेखर कोइराला


    काठमाडौं । एउटै व्यक्तिले बैंक र उद्योगमा लगानी गर्दा अर्थतन्त्रमा समस्या देखिने गरेको नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बताएका छन् । विराटनगरस्थित कोइराला निवासमा सञ्चारकर्मीसित कुराकानी गर्दै नेता कोइरालाले बैंक र उद्योगका लगानीकर्ता बेग्लाबेग्लै हुनुपर्नेमा जोड दिएका छन् ।

    कोइरालाले भने, ‘बैंकमा पनि त्यही व्यक्तिले लगानी गरेको छ अनि उद्योगमा पनि त्यही व्यक्ति’ ‘नेपालका नाम चलेका र ठूला औद्योगिक घरानाले बैंक चलाएका छन् । बैंक र उद्योग सञ्चालन गर्ने फरक व्यक्ति नभएसम्म अर्थतन्त्रमा समस्या आइरहन्छ ।’

    एउटै व्यक्तिले दुवैतर्फ लगानी गर्दा उद्योगी व्यवसायीहरू समस्यामा पर्ने गरेको उनको भनाई । ‘उद्योगी व्यवसायीले बैंकको ब्याज घटाउन जतिसुकै माग गर्दा पनि ब्याज नघट्नुका कारण पनि त्यही हो,’ कोइरालाले भने, ‘सरकारले उद्योगीलाई बैंक सञ्चालन गर्न नदिने नीति बनाउनुपर्छ ।’

    देशको अर्थतन्त्र समस्याग्रस्त हुँदा पनि बैंकहरू नाफा आर्जन गर्न सफल भएको उनले बताए । समस्याको बेला थोरै नाफा कमाएर सेवा प्रवाह गर्नुपर्नेमा कोइरालाले जोड दिए । उनले एक अंकको ब्याजदर कायम नभएसम्म उद्योग व्यवसाय नफस्टाउने जिकिर गरे । अहिले देशभरका ३० प्रतिशत सटरहरू खाली भएको भन्दै कोइरालाले आर्थिक समस्या समाधान गर्न सरकार गम्भीर नभएको आरोप समेत लगाए ।

    कोइरालाले बैंकहरूले साना तथा मझौला उद्योगलाई सहजै ऋणसमेत प्रवाह नगर्ने गरेको बताए । ‘अझै पनि किसान, साना व्यवसायीले सहजै ऋण पाउँदैनन्,’ उनले थपे, “किसानले पाउने अनुदानमा पनि ठूलाबडा र पहुँचवालाकै हालीमुहाली छ ।’

    देशको अर्थतन्त्र सुधार गर्न सबै दलहरू एक ठाउँमा उभिनु जरुरी रहेको कोइरालाले बताए । मुलुकमा पटकपटक राजनैतिक परिवर्तन भए पनि जनताको जीवनस्तरमा परिवर्तन आउन नसकेको भन्दै कोइरालाले चिन्ता व्यक्त गरे ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend