२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

जलविद्युत् र ऊर्जा क्षेत्रमा लगानीमैत्री वातावरण निर्माण गर्न सरकार सजग छ : ऊर्जामन्त्री बस्नेत


सञ्चार डबली
  • बिहीबार , मंसिर ७ २०८०
  • 8.6K
    SHARES

  • images
    जलविद्युत् र ऊर्जा क्षेत्रमा लगानीमैत्री वातावरण निर्माण गर्न सरकार सजग छ : ऊर्जामन्त्री बस्नेत

     

    काठमाडौं । जलविद्युत् आयोजनाको विद्युत् खरिद सम्झौता (पीपीए) खुलाउने विषयमा सरकार तत्काल निर्णय गर्ने स्थितिमा पुग्न लागेको ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री शक्तिबहादुर बस्नेतले बताएका छन् । ललितपुरमा आजदेखि सुरु भएको जलविद्युत् र दिगो विकाससँग सम्बन्धित क्षेत्रीय सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् ।

    मन्त्री बस्नेतले आगामी १२ वर्षमा सरकारले २८ हजार मेगावाट विद्युत उत्पादन तथा बिक्री वितरण गर्ने लक्ष्य राखेको उल्लेख गर्दै त्यसका लागि ट्रान्समिसन लाइनको व्यवस्था, विद्युत वितरण प्रणालीलगायत कुरामा ध्यान दिन आवश्यक भएको बताए ।

    उनले नेपालको जलविद्युत् र ऊर्जा क्षेत्रमा लगानीमैत्री वातावरण निर्माण गर्न सरकार सजग रहेको भन्दै तत्काल विद्युत् खरिद सम्झौता ९पीपीए० बारे निणर्य गर्ने पनि बताए ।

    उनले भने, ‘१२ वर्ष भित्रमा जुन विद्युत उत्पादन गर्ने लक्ष्य राखेका छौं, त्यसका लागि ट्रान्समिसन लाइनको व्यवस्था गर्नुपर्छ । त्यसका लागि वितरण प्रणाली र मार्केटको सुरक्षाका साथै लगानी आवश्यक रहेको कुरा ख्याल गरेका छौं । लगानीमैत्री वातावरण बन्नुपर्छ भन्नेमा सरकार सजग छ । पीपीएको विषयमा हामी एउटा निर्णयमा पुग्दैछौं ।’उनले ऊर्जा क्षेत्रमा लगानी गर्न निजी क्षेत्र तथा राष्ट्रिय, अन्तर्राष्ट्रिय लगानीकर्तालाई आह्वान पनि गरे ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend