२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

काठमाडौँमा प्रदर्शन : सुरक्षा व्यवस्था चुस्त, ड्रोनबाट समेत निगरानी


सञ्चार डबली
  • बिहीबार , मंसिर ७ २०८०
  • 8.4K
    SHARES

  • images
    काठमाडौँमा प्रदर्शन  :  सुरक्षा व्यवस्था चुस्त, ड्रोनबाट समेत निगरानी


    काठमाडौं । काठमाडौँ उपत्यका प्रहरी कार्यालयले युवा संघ नेपाल र दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउँ महाअभियान’ले आज काठमाडौँमा प्रदर्शन गर्ने भएपछि सुरक्षा व्यवस्था चुस्त बनाएको छ ।

    दुई विरोधी समूहको प्रदर्शनमा झडप हुन सक्ने अवस्थालाई मध्यनजर गरी डीआईजी लालमणि आचार्यको नेतृत्वमा कमाण्ड सेन्टर खडा गरिएको छ । जसमा सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग, नेपाली सेना सहितको संयुक्त टिम रहेको छ ।

    प्रहरी कार्यालयले सुरक्षा व्यवस्थापनका लागि करिब ७ हजार सुरक्षाकर्मी परिचालन गर्ने गरी सुरक्षा योजना तयार पारेको छ ।जुलुस निस्कने ठाउँहरू, प्रदर्शन तथा सभास्थलमा बिहानैदेखि सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ । यी स्थानहरूलाई लक्षित गरी एक हजारभन्दा बढी सशस्त्र प्रहरी परिचालित गरिएको छ ।

    काठमाडौँमा करिब २ हजार ५ सय, ललितपुर र भक्तपुरमा ५–५ सय प्रहरी परिचालन गरिएको छ ।यस्तै, उपत्यका अपराध अनुसन्धान कार्यालयबाट प्रदर्शन स्थलका लागि सादा पोसाकका प्रहरी खटाइएको जनाइएको छ । प्रहरीले दुवै प्रदर्शनको ड्रोनबाट समेत निगरानी गर्नेछ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend