२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

महेश बस्नेतको भाइरल भिडियोः ‘कसैले अन्यथा प्रचार गर्न खोजेर केही हुनेवाला छैन’


सञ्चार डबली
  • बुधबार, मंसिर ६ २०८०
  • 9.2K
    SHARES

  • images
    महेश बस्नेतको भाइरल भिडियोः ‘कसैले अन्यथा प्रचार गर्न खोजेर केही हुनेवाला छैन’

    काठमाडौं । सामाजिक सञ्जालमा महिलाहरुको समूहलाई राति बास बसेको ठाउँबाट पुरुषहरुको समूहले हटाएको भाइरल भिडियो प्रति युवा संघ नेपालको पूर्व अध्यक्ष समेत रहेका महेश बस्नेतले युवासंघले सो कार्य नगरेको टिप्पणी गरेका छन् ।

    गएराती जडिबुटीस्थित इन्द्रसान व्याङ्क्वीटमा बसेका ३५ जना बढी महिलाको समुहलाई युवा संघको नाम लिएर पुरुषको समुहले बस्न नमिल्लने भन्दै सो स्थानबाट निक्लिन भनेको भिडियोमा देखिन्छ ।

    भिडियोमा कल्याङमल्याङ सुन्दा ती महिलाहरु इटहरीबाट काठमाडौंमा सात गतेको कार्यक्रममा सहभागी हुन आएको बुझिन्छ । भिडियोमा बोल्ने एक पुरुषले बस चढाएर उनीहरुलाई इटहरी नै फर्काइदिने भनेर कुरा गरेको सुनिन्छ ।

    सो भिडियोबारे नेपाल न्यूज बैंकले दुर्गा प्रसाईँसँग नजिक रहेर कार्य गर्दै आएका डा.सागर ढकालसँग कुरा गर्दा उनले महिलामाथी मंगलबार राती नराम्रो व्यवहार गरेको बताएका छन् ।

    ‘युवा संघका १५,१६ जनाको समुहमा आएका व्यक्तिहले इन्द्रसान व्याङ्क्वीटमा बास बसेका ३५ जना जति महिला दिदीबहिनीहरुलाई अभद्र व्यवहार गरेका छन् । १० बजे राती आएका उनीहरुले एक महिलामाथि लात्ति प्रहार गरेका छन्,’ ढकालले आरोप लगाए । युवा संघका व्यक्तिहरुले नै भिडियो बनाएर सामाजिक सञ्जालमा हालेको ढकालको दाबी छ ।

    उनले प्रहरीलाई घटनाबारे खबर गरेपछि ति पुरुषको समुह भागेको बताएका छन् । सो घटनाबारे यता युवा संघ नेपालका पूर्व अध्यक्ष समेत रहेका महेश बस्नेतले युवा संघकै समन्वयमा ति महिलाहरुलाई बस्ने व्यवस्था मिलाएको भन्दै उक्त कार्य नगरेको बताएका छन् ।

    उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘दुर्गा प्रसाईं जस्ता अपराधिक ब्यक्तिले सर्वसाधारण र महिलाहरुलाई कुनै दल र ब्यक्ति विरुद्ध परिचालन गरी अमर्यादित ढङ्गले उचालेर काठमाडौंमा खुल्ला दिसा पिसाब गराउने जस्ता हर्कत गराउँदा स्थानियले त्यस्तो नगर्न र आफ्नो क्षेत्रमा नबस्न गरेको आग्रहलाई अन्यथा प्रचार गर्नु बेठिक छ । याद होस् ति ब्यक्तिहरुलाई प्रहरीको समन्वयमा युवा संघका साथिहरुले नै बास बस्ने ब्यवस्था गरेका हुन् । युवा संघ सधैं मर्यादित र मानविय हिसाबले अगाडि लम्कन्छ । कसैले अन्यथा प्रचार गर्न खोजेर केही हुनेवाला छैन ।’ सामाजिक सञ्जालमा भाइरल भिडियोप्रति अहिले विभिन्न खाले टिकाटिप्पणी भैरहेको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend