२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

विस्तृत शान्ति सम्झौताको १७ वर्ष पूरा, अझै पाएनन् पीडितले न्याय


सञ्चार डबली
  • मंगलबार, मंसिर ५ २०८०
  • 7.0K
    SHARES

  • images
    विस्तृत शान्ति सम्झौताको १७ वर्ष पूरा, अझै पाएनन् पीडितले न्याय


    काठमाडौं। नेपाल सरकार र तत्कालिन विद्रोही समूह नेकपा माओवादीबीच २०६३ मंसिर ५ गते विस्तृत शान्ति सम्झौता भएको १७ वर्ष पूरा भएको छ। दश वर्षभन्दा लामो हिंसात्मक द्वन्दलाई अन्त्य गरेको घोषणा गर्दै शान्ति सम्झौता गरिएको थियो ।

    सम्झौतामा तत्कालीन प्रधानमन्त्री गिरिजा प्रसाद कोइराला र माओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले हस्ताक्षर गरेका त्यो सम्झौतामा उल्लेखित केही महत्वपूर्ण विषय आजसम्म पनि सम्वोधन गरिएको छैन। जसले गर्दा न्याय पाउनैपर्ने पीडित जनताले न्याय पाउन सकेका छैनन्। एउटा पुस्ता नै परिवर्तन भैसक्ने यो अवधिमा किन द्वन्दका मुख्य विषयलाई प्राथमिकता दिईएन भन्ने प्रश्न सर्वत्र उठिनै रहेको भएपनि मुख्य राजनीतिक दलहरुले त्यसलाई सुनेकोनसुन्यै गरेको देखिन्छ।

    शान्ति सम्झौताको प्रमुख हस्ताक्षरकर्ता मध्येको एक पक्ष माओवादीले तीन÷ तीन पटक सरकारको नेतृत्व गरिसकेको भएपनि उसले समेत पीडितलाई न्याय दिने बिषयलाई उच्च प्राथमिकतामा नराखी पर्याप्त चासो नदिएको भनेर आलोचना भैरहेको छ। माओवादी अध्यक्ष प्रचण्ड वर्तमान सरकारको नेतृत्वमा रहेका बेला सत्यनिरुपण तथा मेलमिलाप आयोग र वेपत्ता छानविन आयोग ऐन संशोधन गरेर संक्रमणकालिन न्यायको निरुपण गर्न खोजिएको देखिन्छ।

    तर यसमा मुख्य राजनीतिक दलहरुवीचमै मतैक्य भैरहेको देखिँदैन । यस विषयमा बृहद शान्ति सम्झौताको कार्यान्वयन र राजनीतिक दायित्वबारेमा केही नेताहरुसँग नेपाल न्यूज बैंकले यस बिषयको निराकरण कसरी हुन्छ भनेर सम्वाद गरेको छ।

    पूर्व प्रधानमन्त्री तथा नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपाल माओवादीसँग भूमिगत अवस्थादेखि शान्ति सम्झौता सम्पन्न गर्दासम्म निरन्तर सक्रिय रहेका नेता हुन्। उनले यस बिषयमा लामो अनुभव सुनाएका छन्, जो भिडियो वार्तामा छ।त्यसैगरी नेपाली कांग्रेसका नेता कृष्ण प्रसाद सिटौला पनि तत्कालिन प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाको विश्वासपात्रका हैसियतमा सक्रिय थिए। उनको भनाई पनि यस समाचार विवरण छ।

    त्यसैगरी नेकपा एमालेका नेता प्रदिप ज्ञवालीले बृहत शान्ति सम्झौताको पूर्ण पालना नहुनाका कारणहरु बारे सटिक विश्लेषण गरेका छन्। माओवादीकै शीर्ष नेतृत्व द्वन्दकालीन मुद्दा बिर्सन चाहिरहेको जस्तो देखिएको ज्ञवालीको टिप्पणी छ।

    सशस्त्र द्वन्दको औपचारिक अन्त्यको घोषणा गर्दै माओवादी सेना र हतियारको व्यवस्थापन सहित नेपाली सेनाको हतियारको संयुक्त राष्ट्रसंघद्वारा प्रमाणीकरण र अनुगमन गर्ने जस्ता बिषयमा सम्झौता भएको थियो।त्यसैगरी माओवादीद्वारा कब्जा गरीएका सम्पूर्ण सम्पति फिर्ता,मानव अधिकार र अन्तराष्ट्रिय मानवधिकार सम्बन्धी कानुनहरूको पूर्ण पालना, राजाको सम्पूर्ण राजनीतिक अधिकारको अन्त्य, उच्चस्तरीय सत्य निरूपण तथा मेलमिलाप आयोगको गठन, माओवादी सेनाका लडाकुहरूको रेखदेख समायोजन र पुनस्र्थापना, युद्धबाट पीडित र विस्थापित व्यक्तिहरूको ससम्मान पुनस्र्थापना, हातहतियार, गोलीगठ्ठा र विस्फोटक पदार्थ साथमा लिई आवतजावत गर्नु गैरकानुनी ठहर्ने जस्ता बिषय शान्ति सम्झौताका मुख्य बूँदाहरु थिए। तीमध्ये पीडितलाई तत्काल न्यायदिनुपर्ने बिषय आजसम्म पनि सम्बोधन हुन सकेको छैन।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend