२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

सबै प्रदेशहरूमा चिकित्सा शिक्षा अध्ययन विस्तार गर्न नीतिगत सुधार आवश्यक छ : प्रधानमन्त्री दाहाल


सञ्चार डबली
  • सोमबार, मंसिर ४ २०८०
  • 8.3K
    SHARES

  • images
    सबै प्रदेशहरूमा चिकित्सा शिक्षा अध्ययन विस्तार गर्न नीतिगत सुधार आवश्यक छ : प्रधानमन्त्री दाहाल

     

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चिकित्सा शिक्षा अध्ययन अध्यापनलाई सबै प्रदेशहरूमा विस्तार गरी सरल रुपमा स्वास्थ्य सेवा प्रदान गर्न आवश्यक रहेको बताएका छन् । यसका लागि आवश्यक पर्ने कानुनी, नीतिगत र संस्थागत सुधारहरु क्रमशः अगाडि बढाउँदै लैजान सबै मिलेर काम गर्नुपर्ने उनले बताए ।

    आज बालुवाटारमा चिकित्सा शिक्षा आयोगको १२औं बैठकमा उनले देशमा उत्पादन भएका जनशक्तिका लागि सम्मानजनक रोजगारीको अवसर सिर्जना गर्दै सर्वसुलभ सेवा प्रवाहमा सुधार ल्याउनुपर्ने धारणा राखे ।

    त्यस्तै, आगामी दिनका लागि स्वास्थ्य क्षेत्रमा आवश्यक पर्ने जनशक्तिको आँकलनका आधारमा चिकित्सा शिक्षा अध्ययनको अवसर वृद्धि गर्दै लैजानु जरुरी भएको प्रधानमन्त्रीले बताए ।

    प्रधानमन्त्री दाहालले चिकित्सा शिक्षा अध्ययन र अध्यापनको व्यवस्था सातै प्रदेशमा मिलाउन आवश्यक नीतिगत, कानूनी र संस्थागत सुधार गर्न सबैको साथ आवश्यक भएको उल्लेख गरे ।

    ‘सबै प्रदेशहरूमा चिकित्सा शिक्षा विस्तार गरी आवश्यक सबै प्रकारको जनशक्ति विकास गरी जनताको घरदैलोमा सरल र सहजरुपमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने वातावरण बनाउन कानुनी, नीतिगत र संस्थागत सुधारहरु क्रमशः अगाडि बढाउदै लैजान हामी सबै मिलेर काम गर्नु आवश्यक छ ।’

    उनले जनशक्ति उत्पादन वृद्धिसँगै गुणस्तरीय अध्ययन अध्यापनका न्यूनतम मापदण्डहरुको परिपालना गराउनु अनिवार्य रहेको पनि उल्लेख गरे ।

    अहिले सम्बन्धित सेवा लिने र दिने, नियामक निकायहरु र नीति निर्माण तहमा समेत सही निर्णय लिन कठिन हुनेगरी चिकित्सा शिक्षा क्षेत्रमा काल्पनिक सूचना फैलाइएको आरोप उनले लगाए ।

    ‘हाल चिकित्सा शिक्षा क्षेत्रमा तथ्य र प्रमाणमा आधारित भन्दा अपुष्ट रुपमा बजारमा ल्याइने काल्पनिक सूचनाका कारण सेवा प्रदायक संस्थाहरु, अभिभावक तथा विद्यार्थीहरु, नियामक निकायहरु र नीति निर्माण तहमा समेत सही निर्णय लिन कठिन भइरहेकोमा आयोगबाट तयार भएको जनशक्ति प्रक्षेपण योजनाअनुसार क्रमशः जनशक्ति उत्पादनको आधार तय गर्नु पर्ने हुन्छ’ प्रधानमन्त्रीले भने ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend