२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

सरकार गुन्डाराजलाई प्रोत्साहन गर्न लागि परेको छ : अध्यक्ष ओली


सञ्चार डबली
  • शनिबार, मंसिर २ २०८०
  • 7.6K
    SHARES

  • images
    सरकार गुन्डाराजलाई प्रोत्साहन गर्न लागि परेको छ : अध्यक्ष ओली


    काठमाडौं । सरकारले गुन्डाराजलाई प्रोत्साहन गरिरहेको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आरोप लगाएका छन् । आज पार्टी कार्यालय च्यासलमा एमाले जनसंगठन समन्वय संयन्त्रद्वारा आयोजित विशेष भेलालाई सम्बोधन गर्दै ओलीले सरकार विकास निर्माण र जनचासोका विषयलाई सम्बोधन गर्ने भन्दापनि गुन्डाराजलाई प्रोत्साहन गर्न लागि परेको आरोप लगाएका हुन् ।
    ‘
    यस सरकारलाई विकासतर्फ रुचि छैन् । गुन्डाहरुलाई प्रोत्साहन गर्छ । अपराधीहरुलाई छुट्कारा गर्छ । जिल्ला अदालतले जन्मकैद गर्छ । तर सरकार भन्छ थुन्नै हुन्न । ज्यान मारिएको मुद्दा दिन जाँदा सरकार लिँदैन । ’ उनले भने ‘सरकार आफै पनि लज्जित भएर, प्रहरीको गतिबिधि देखेर लज्जित हुनुपर्ने देखेर प्रहरी अधिकृत सार्नुपर्ने अवस्था आउँछ । प्रहरी कार्यालय र सरकारी कार्यलयबाट मुद्दा बिगारेर अदालत लगिन्छ । अराजकता मच्चाउन पाउने, न्याय माग्न नपाउने ।’

    अर्को प्रसंगमा उनले, सरकारले जाजरकोट भूकम्पपीडितको उद्दारमा भन्दा आफ्नो पार्टीको प्रचारमा ध्यान दिएको आरोपसमेत लगाए । ‘जाजरकोटमा भूकम्प गयो माओवादीहरु सरकारी हेलिकप्टरमा गए । प्रधानमन्त्री गएका होलान भन्ने सोचेको थिँए जाजरकोट तर माओवादी अध्यक्ष गएका रहेछन् । माओवादीका मन्त्री । माओवादीको सांसद र माओवादीका नेता खाँदेर हेलिकप्टेरमा गए । अर्को दिन गृह मन्त्री गए । गृह मन्त्री गए भनेको उ पनि माओवादीको उपाध्यक्ष गए । राष्ट्रपति गए त्यो पनि त्यस्तै ।’ उनले भने ‘किन गए ? राष्ट्रपति किन गएको रुत्यो भन्दा अगाडि आईसकेको नेताहरुको भिडले नेताको चाकडीमा सेना प्रहरी खट्नुपर्दा उद्दार कार्य गर्न पाईएन भनेर । अनि माओवादी गए भनेर त्यहाँ कांग्रेस किन जानुप¥यो रु राष्ट्रपति ज्यु रु उहाँ राष्ट्रपति भएर होईन कांग्रेस छुट्यो भनेर जानुभयो।’

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend