२०८३, असोज १४ गते

images
Logo

Sep 30 2026 | २०८३, असोज १४ गते

images
  • बुधबार, असोज १४ २०८३
images

राहत र उद्धारको आवश्यकता भएको अवस्थामा सरकार मैदान छोडेर भाग्यो : शंकर पोखरेल


सञ्चार डबली
  • शनिबार, मंसिर २ २०८०
  • 9.3K
    SHARES

  • images
    राहत र उद्धारको आवश्यकता भएको अवस्थामा सरकार मैदान छोडेर भाग्यो : शंकर पोखरेल


    काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले जनतालाई राहत र उद्धारको आवश्यकता भएको अवस्थामा सरकार मैदानबाट भागेको बताएका छन् । जनसंगठन समन्वय संयन्त्रद्वारा आयोजित विशेष भेलामा उनले राज्य सुरुको समयमा हेलिकप्टरमा सवार देखिएपनि आवश्यकताको समयमा मैदान छोडेर भागेको टिप्पणी गरे ।

    उनले एक दुई वटा होईन, एक दर्जन राजनीतिक दलहरुले नेतृत्व गरिरहेको सरकार नागरिहरुको रक्षाको प्रश्नमा बेखबर र उदासीन देखिएको टिप्पणी गरे । उनले भने, ‘सरकार सुरुका दिनमा हेलिकप्टरमा सवार त देखियो, तर जतिबेला जनतालाई राहत र उद्धारको आवश्यकता छ । त्यती बेला सरकार मैदानबाट भागेको अवस्था छ । राज्यसँग सामथ्र्य नभएको होईन् । जुन राज्यभित्र छोटो समयभित्र हामी जनतालाई संरक्षण गर्ने कामको नेतृत्व गरेका थियौ, आज त्यही राज्यको नेतृत्व गर्नेहरु एउटा होईन, दुई वटा होईन, एक दर्जन राजनीतिक दलहरुले नेतृत्व गरिरहेको सरकार नागरिहरुको रक्षाको प्रश्नमा यति बेखबर र उदासीन छ ।’

    उनले जनताको घाउमा औषधी लगाउँनका लागि नेकपा एमालेले एक हजारभन्दा बढि स्वंम सेवकहरुलाई सबै प्रकारको व्यवस्था मिलाएर पठाएको दाबी गरे । यस्तै, उनले नेपाली समाजमा निराशा र अराजकताबाट गुज्रिरहेको भन्दै यस्तो अवस्थाको सुधार गर्नको लागि एमालेको विकल्प नभएको बताए ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend