२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

मोरक्को भूकम्पमा मृत्यु हुनेको संख्या २ हजार नाघ्यो


सञ्चार डबली
  • आइतबार, भदौ २४ २०८०
  • 8.3K
    SHARES

  • images
    मोरक्को भूकम्पमा मृत्यु हुनेको संख्या २ हजार नाघ्यो


    काठमाडौंं, २४ भदौ ।  भूकम्पले मोरक्कोमा ठूलो क्षति पुर्‍याएको छ, जसबाट मोरक्कोलाई पुनः प्राप्ति हुन लामो समय लाग्नेछ।गत शुक्रबार राति गएको भूकम्पमा मृत्यु हुनेको संख्या २००० नाघेको छ ।

    अमेरिकी भूगर्भ सर्वेक्षणको रिपोर्ट अनुसार मोरक्कोमा ६.८ म्याग्निच्युडको भूकम्प गएको हो । यस भूकम्पको केन्द्रबिन्दु माराकेशबाट ७२ किलोमिटर दक्षिणपश्चिममा थियो। मोरक्को सरकारले भूकम्पमा हालसम्म २०१२ जनाको मृत्यु भएको र २०५९ जना घाइते भएको बताएको छ । जसमध्ये १ हजार ४ सय ४ जनाको अवस्था गम्भीर छ । यस्तो अवस्थामा मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ ।

    मोरक्कोको कासाब्लान्का र रबात सहरहरूमा पनि शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको मानिसहरूले बताएका छन्। एकजना वृद्ध महिलाले आफूहरू सुतिरहेका बेला अचानक ढोका ढल्किएको आवाज सुनेको बताइन् । यो देखेर उनी डराए र तुरुन्तै घरबाट भागिन् । उत्तर अफ्रिकी देश मोरक्कोमा विगत १२० वर्षमा यो सबैभन्दा शक्तिशाली भूकम्प भएको बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend