२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

नेप्से परिसूचकमा सामान्य गिरावट, साढे ४ अर्बको कारोबार


सञ्चार डबली
  • मंगलबार, असोज १३ २०८३
  • 605
    SHARES

  • images
    नेप्से परिसूचकमा सामान्य गिरावट, साढे ४ अर्बको कारोबार

    काठमाडौं । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेको छ । मंगलबार नेप्से परिसूचक ९.६२ अंकले घटेर २ हजार ६ सय ३.७१ को बिन्दुमा आएको छ । आज कारोबारमा आएकामध्ये ६९ कम्पनीको सेयर मूल्य बढेको छ भने १ सय ९९ कम्पनीको घटेको छ ।

    मंगलबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । आज ४ अर्ब ६५ करोड ४८ लाख ७८ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । सोमबार ५ अर्ब ३८ करोड ५७ लाख ८५ हजार रुपैयाँभन्दा धेरैको सेयर कारोबार भएको थियो ।

    मंगलबार सबैभन्दा धेरै कमाउनेमा १२ प्रतिशत आइसीएफसी फाइनान्स लिमिटेड डिबेन्चर २०८३ का लगानीकर्ताहरु रहेका छन् । यसको सेयर मूल्य ९.१८ प्रतिशतले बढेर १ हजार ५६ रुपैयाँ पुगेको छ । यता, सबैभन्दा धेरै गुमाउनेमा सिटिजन्स सुपर ३० म्युचुअल फन्डका लगानीकर्ताहरु रहेका छन् । यसको सेयर मूल्य ५.४४ प्रतिशतले घटेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend