२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

काठमाडौं महानगरपालिकामा आज शोक बिदा


सञ्चार डबली
  • शुक्रबार, भदौ २२ २०८०
  • 10.5K
    SHARES

  • images
    काठमाडौं महानगरपालिकामा आज शोक बिदा

    शुक्रबार, भदौ २२, २०८०
    काठमाडौं - काठमाडौं महानगरपालिकाले आज (शुक्रबार) शोक बिदा दिएको छ। महानगरपालिका प्रशासन विभागका प्रमुख दीपक अधिकारीले सूचना निकालेर काठमाडौँ १६ का अध्यक्ष मुकुन्द रिजालको निधन भएकाले महानगरपालिका र महानगरपालिका अन्तर्गतका कार्यालयहरूमा शोक बिदा दिइएको जनाएका हुन्।

    स्वास्थ्यमा समस्या देखिएपछि  ग्राण्डी अस्पतालमा उपचार गराइरहेका रिजालको ५३ वर्षको उमेरमा निधन भएको महानगर स्रोतले जनाएको छ । उनी पाँच दिनअघि अस्पताल भर्ना भएका थिए । फोक्सोमा पानी जमेर निमोनियाको पनि समस्या देखिएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।

    रिजाल दोस्रो पटक नेपाली कांग्रेसका तर्फबाट वडाध्यक्ष निर्वाचित भएका थिए । उनी नेपाली कांग्रेस क्षेत्रनम्बर ७ का सभापति समेत हुन् । नगर कार्यपालिकाअन्तर्गत पूर्वाधार समितिका संयोजक समेत रहेका रिजाल २०२७ साल कात्तिक १९ गते जन्मिएका हुन् ।

    1694134076-8Yewb.jpg
    undefined

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend