२०८३, कात्तिक १३ गते

images
Logo

Oct 30 2026 | २०८३, कात्तिक १३ गते

images
  • शुक्रबार, कात्तिक १३ २०८३

नेप्से परिसूचकमा सामfन्य गिरावट, कारोबार रकम भने बढ्यो


सञ्चार डबली
  • शुक्रबार, कात्तिक १३ २०८३
  • 616
    SHARES

  • नेप्से परिसूचकमा सामfन्य गिरावट, कारोबार रकम भने बढ्यो

    काठमाडौं । साताको अन्तिम कारोबारको दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेको छ । यसदिन नेप्से परिसूचक ५.४५ अंकले घटेर २ हजार ६ सय ९०.१५ को बिन्दुमा आएको छ । लगानीकर्ताले नाफा बुक गर्दा सेयर बजारमा करेक्सन आएको जानकारहरुको भनाइ छ । यसअघिको पछिल्लो तीन कारोबारको दिन नेप्से परिसूचक बढेको थियो । आज कारोबारमा आएकामध्ये १ सय २ कम्पनीको सेयर मूल्य बढेको छ भने १ सय ६९ कम्पनीको घटेको छ ।

    शुक्रबार नेप्से परिसूचक घटेपनि कारोबार रकम भने बढेको छ । आज ८ अर्ब ८९ करोड १५ लाख ९५ हजार रुपैयाँभन्दा धेरैको सेयर कारोबार भएको छ । बिहीबार ८ अर्ब ५७ करोड ९८ हजार रुपैयाँभन्दा धेरैको सेयर किनबेच भएको थियो ।

    आज सबैभन्दा धेरै कमाउनेमा बेनी हाइड्रोपावर प्रोजेक्टका लगानीकर्ता रहेका छन् । यस कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यता, सबैभन्दा धेरै गुमाउनेमा मेन्छियाम हाइड्रोपावरका लगानीकर्ताहरु रहेका छन् । यसको सेयर मूल्य ४.०८ प्रतिशतले घटेको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    images

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend