२०८३, कात्तिक १४ गते

images
Logo

Oct 31 2026 | २०८३, कात्तिक १४ गते

images
  • शनिबार, कात्तिक १४ २०८३

ट्रकको ठक्करबाट रूपन्देहीका पत्रकार पोखरेलको मृत्यु


सञ्चार डबली
  • शुक्रबार, कात्तिक १३ २०८३
  • 968
    SHARES

  • ट्रकको ठक्करबाट रूपन्देहीका पत्रकार पोखरेलको मृत्यु

    रूपन्देही । नवलपरासीमा ट्रकको ठक्करबाट रूपन्देहीका एक पत्रकारकाे मृत्यु भएकाे छ । भैरहवाबाट पूर्वतर्फ जाँदै गरेकाे लु.प्र.प.०१-००९ प ९६१९ नम्बरकाे माेटरसाइकललाई साेही दिशातर्फ जाँदै गरेकाे सु.प. प्र.०१-००१ख३४९७ नम्बरको ट्रकले ठक्कर दिँदा माेटरसाइकल चालक पाेषकान्त पाेख्रेलकाे मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी मदन थापाले बताए ।

    परासीकाे सेताेपुलमा भएकाे दुर्घटनामा परी मृत्यु हुने ४५ वर्षीय पाेख्रेल रूपन्देही जिल्ला तिलाेत्तमा नगरपािलिका-१३ भलवाडी निवासी हुन् । उनले रूपन्देहीबाट अग्निपरीक्षा साप्ताहिक पत्रिका प्रकाशन गर्दै आएका थिए ।

    मृतक पाेख्रेलकाे शव पाेष्टमार्टमका लागि पृथ्वीचन्द्र अस्पताल परासीमा राखिएकाे छ । दुर्घटना गराउने चालक र ट्रक प्रहरीकाे नियन्त्रणमा रहेकाे छ ।

    प्रतिक्रिया दिनुहोस

    images

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend