२०८३, कात्तिक १४ गते

images
Logo

Oct 31 2026 | २०८३, कात्तिक १४ गते

images
  • शनिबार, कात्तिक १४ २०८३

सप्तकोशीमा तीन किलोमिटर लामो नयाँ पुल बन्ने


सञ्चार डबली
  • शनिबार, कात्तिक १४ २०८३
  • 484
    SHARES

  • सप्तकोशीमा तीन किलोमिटर लामो नयाँ पुल बन्ने

    सप्तरी । सप्तरी र सुनसरी जिल्ला जोडिएको कोशी ब्यारेज पुलको विकल्पका रुपमा सप्तरीको कञ्चनपुरदेखि सुनसरीको राजाबाससम्म तीन किलोमिटर लामो नयाँ पुल निर्माण गरिने भएको छ ।

    केही वर्षअघि तयार पारिएको परियोजनासम्बन्धी विस्तृत प्रतिवेदनका आधारमा निर्माण गर्न लागिएको पुलको अनुमानित लागत ४३ अर्ब रहेको सडक विभाग आयोजना निर्देशनालयका निर्देशक चुडाराज ढकालले जानकारी दिए ।

    एसियाली विकास बैंक सहयोगमा निर्माण हुने उक्त पुल सञ्चालनमा आएपछि पूर्व(पश्चिम राजमार्गको १४ किमी यात्रा कम हुनेछ । निर्देशक ढकालले भने, ‘अहिले नयाँ पुल तथा सडक निर्माणसम्बन्धी आवश्यक प्राविधिक तयारी भइरहेको छ ।’

    त्यस परियोजनाअन्तर्गत विशिष्ट प्रकृतिको पुलसँगै ४३ किलोमिटर नयाँ सडक निर्माण गरिने छ । हाल पुल र सडकको समग्र संरचना निर्माणका लागि आवश्यक प्रक्रियागत काम अगाडि बढिरहेको छ । परियोजना क्षेत्र कोशीटप्पु वन्यजन्तु आरक्षसँग जोडिएकाले वातावरणीय एवं कानुनी स्वीकृतिका केही विषयका कारण काम भइरहेको छ ।

    कोशी ब्यारेज पुरानो हुँदै गएको र बढ्दो सवारी चापका कारण प्रस्तावित वैकल्पिक मार्ग नेपालको पूर्वी क्षेत्रमा यातायात सञ्चालन र व्यवस्थापनमा महत्वपूर्ण सावित हुनेछ ।

    प्रतिक्रिया दिनुहोस

    images

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend