काठमाडौं । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आकर्षक वृद्धि भएको छ । यसदिन नेप्से परिसूचक ३३.२९ अंकले बढेर २ हजार ६ सय ६४.०६ अंकको बिन्दुमा आएको छ । आज कारोबारमा आएकामध्ये २ सय ४१ कम्पनीको सेयर मूल्य बढेको छ भने ३५ कम्पनीको घटेको छ ।
आज नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । बुधबार ७ अर्ब ४५ करोड ८६ लाख ७७ हजार रुपैयाँभन्दा धेरैको सेयर किनबेच भएको छ । मंगलबार ५ अर्ब ७९ करोड ९३ लाख ३० हजार रुपैयाँभन्दा धेरैको सेयर कारोबार भएको थियो ।
बुधबार सबैभन्दा धेरै कमाउनेमा बेनी हाइड्रोपावर प्रोजेक्टका लगानीकर्ताहरु रहेका छन् । यसको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा १० प्रतिशत प्राइम डिबेन्चरका लगानीकर्ताहरु रहेका छन् । यसको सेयर मूल्य २.९६ प्रतिशतले घटेको छ ।

