२०८३, कात्तिक १२ गते

images
Logo

Oct 29 2026 | २०८३, कात्तिक १२ गते

images
  • बिहीबार , कात्तिक १२ २०८३

आगामी १५ कात्तिकदेखि नागढुंगा सुरुङ मार्ग प्रयोग गर्ने सवारीसाधनबाट शुल्क उठाइने


सञ्चार डबली
  • बिहीबार , कात्तिक १२ २०८३
  • 924
    SHARES

  • आगामी १५ कात्तिकदेखि नागढुंगा सुरुङ मार्ग प्रयोग गर्ने सवारीसाधनबाट शुल्क उठाइने

    काठमाडौँ । आगामी १५ कात्तिकदेखि नागढुंगा सुरुङ मार्ग प्रयोग गर्ने सवारीसाधनबाट शुल्क उठाइने भएको छ । नागढुंगा सुरुङ मार्ग निर्माण आयोजनाले एक सार्वजनिक सूचना जारी गर्दै सडक उपभोग दस्तुर बापत शुल्क लिने जानकारी गराएको हो ।

    सडक बोर्ड नेपालको कार्यकारी समितिको १२ असोजको निर्णय तथा नेपाल राजपत्रमा २६ चैत २०८२ मा प्रकाशित सूचनाअनुसार सुरुङ मार्ग प्रयोग गरेबापत सवारीसाधनको वर्ग अनुसार शुल्क लिने व्यवस्था गरिएको हो ।

    जारी सूचना अनुसार वर्ग १ अर्थात कार, भ्यान, पिकअप, ट्याक्टर, माइक्रोबस र अन्य हलुका सवारी साधन काठमाडौँ प्रवेश गर्दा ६५ र काठमाडौंबाट बाहिरिँदा ६० रुपैयाँ शुल्क लाग्ने छ ।

    यसैगरी वर्ग २ अर्थात मिनी बस, मिनी टिपर/ट्रक काठमाडौँ प्रवेश गर्दा ११५ र काठमाडौंबाट बाहिरिँदा ८० रुपैयाँ शुल्क लाग्नेछ । यसैगरी वर्ग ३ अर्थात बस, ट्रक काठमाडौँ प्रवेश गर्दा २६० र बाहिरिँदा २०० रुपैयाँ तिर्नुपर्नेछ।

    वर्ग ४ अर्थात मल्टी एक्सल ट्रक/सवारी साधन, भारी उपकरण काठमाडौँ प्रवेश गर्दा ६०० र काठमाडौंबाट बाहिरिँदा २५० रुपैयाँ तिर्नुपर्ने छ ।

    प्रतिक्रिया दिनुहोस

    images

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend