२०८३, कात्तिक १२ गते

images
Logo

Oct 29 2026 | २०८३, कात्तिक १२ गते

images
  • बिहीबार , कात्तिक १२ २०८३

एनपीएलः जनकपुरले काठमाडौं गोर्खाजलाई ८ विकेटले हरायो


सञ्चार डबली
  • बिहीबार , कात्तिक १२ २०८३
  • 495
    SHARES

  • एनपीएलः जनकपुरले काठमाडौं गोर्खाजलाई ८ विकेटले हरायो

    राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तरगत आजको पहिलो खेलमा जनकपुर बोल्ट्स विजयी भएको छ ।

    जनकपुरले काठमाडौं गोर्खाजलाई ८ विकेटले हराएको हो । जितका लागि पाएको ११६ रनको लक्ष्य जनकपुरले १७.२ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्याे ।

    जसमा मोइन अलीले अर्धशतकीय पारी खेल्दै अविजित ५८ रन बनायो । मोइन प्रतियोगितामा अर्धशतक हिर्काउने तेस्रो खेलाडी समेत बने । यस्तै शैफ हसनले नटआउट ४० रनको योगदान गरे। यी दुबै ब्याटरबीच ७९ रनको साझेदारी समेत भयो ।

    काठमाडौंका रिपोन मोन्डलले १ विकेट हात पारे । यसअघि कीर्तिपुर मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको काठमाडौं १९.३ ओभरमा ११५ रनमा अलआउट भयो ।

    जसमा भीम सार्कीले सर्वाधिक ३३ रन बनाए । जनकपुरका राहुल यादबले ४ विकेट झारे ।

    प्रतिक्रिया दिनुहोस

    images

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend