२०८३, कात्तिक १२ गते

images
Logo

Oct 29 2026 | २०८३, कात्तिक १२ गते

images
  • बिहीबार , कात्तिक १२ २०८३

कांग्रेसको १५ औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रिय सदस्यले लिए शपथ


सञ्चार डबली
  • बिहीबार , कात्तिक १२ २०८३
  • 572
    SHARES

  • कांग्रेसको १५ औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रिय सदस्यले लिए शपथ

    नेपाली कांग्रेसको १५ औं महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय समितिका पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शपथ गराएका छन् ।

    बिहीबार पार्टी केन्द्रीय कार्यालयमा सभापति थापाले पदाधिकारी र केन्द्रीय सदस्यहरुलाई शपथ गराएका हुन् । शपथसँगै नेपाली काङ्ग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि विधिवत् रूपमा पार्टी सञ्चालनको सम्पूर्ण जिम्मेवारी सम्हाल्नेछ ।

    नवनिर्वाचित पार्टी सभापति थापाले दसैँको फूलपातीका दिन असोज ३१ गते नै पद तथा गोपनीयताको शपथ ग्रहण गरिसकेका छन् ।

    गत असोज १८ गतेदेखि २३ गतेसम्म काठमाडौँमा सम्पन्न १५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम नतिजा असोज ३० गते औपचारिक रूपमा सार्वजनिक गरिएको थियो। महाधिवेशन अन्तर्गत उदघाटन र बन्दसत्र खुल्ला मंचमा भएको थियो भने मतदान खुल्ला मंच र राष्ट्रिय सभागृहमा भएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    images

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend