२०८३, कात्तिक १२ गते

images
Logo

Oct 29 2026 | २०८३, कात्तिक १२ गते

images
  • बिहीबार , कात्तिक १२ २०८३

कामना सेवा विकास बैंकले देशभर वृहत् रक्तदान कार्यक्रम आयोजना गर्ने


सञ्चार डबली
  • बिहीबार , कात्तिक १२ २०८३
  • 55
    SHARES

  • कामना सेवा विकास बैंकले देशभर वृहत् रक्तदान कार्यक्रम आयोजना गर्ने

    काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो २० औं वार्षिकोत्सवको अवसरमा देशभर वृहत् रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ । बैंकको विभिन्न क्षेत्रिय कार्यालय तथा शाखा कार्यालयहरुमा उक्त रक्तदान कार्यक्रम हुने बैंकले जनाएको छ ।

    कोशी प्रदेशको विराटनगरमा कार्तिक १५ गते, काठमाडौंको ज्ञानेश्वर स्थित केन्द्रीय कार्यालय, मधेश प्रदेशको वर्दिवास, नारायणगढ क्षेत्रको कावासोती, पोखराको न्युरोड, वुटवल क्षेत्रको वुटवल, पश्चिम क्षेत्रको घोराही र महेन्द्रनगरमा कार्तिक १८ गते वृहत् रक्तदान कार्यक्रम गर्न लागिएको हो । काठमाडौं उपत्यका लगायतका देशका विभिन्न शहरहरुमा देखिएको रगत अभावलाई मध्यनजर गर्दै उक्त रक्तदान कार्यक्रम आयोजना गर्न लागिएको बैंकले जनाएको छ । बैंकले हरेक वर्ष आफ्नो वार्षिकोत्सवको अवसरमा वृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै आएको छ ।

    बैंकले आफ्नो २० औं वार्षिकोत्सवको अवसरमा छैठौं अन्तर बैंक तथा वित्तीय संस्था स्तरिय फुटसल प्रतियोगिता समेत आयोजना गर्दैछ । कार्तिक १४ र १५ गते काठमाडौंको धन्यन्तरी फुटसल कोर्टमा हुने उक्त फुटसल प्रतियोगितामा आर्थिक पत्रकारहरुको संगठन सेजन, नाफिज र इमान लगायत अन्य ३० वटा बैंक तथा वित्तीय संस्थाहरुका टिमहरुको सहभागीता रहेको छ । 

     

    प्रतिक्रिया दिनुहोस

    images

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend